हेम विश्वकर्मा । आईतबार कोरोना संक्रमण पुष्टी भएका ढोरपाटन नगरपालिका वडा नं ५ का पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमै उपचार गरिने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै स्वास्थ्य केन्द्रमा २५ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको हो ।
नगरप्रमुख देवकुमार नेपालीका अनुसार पुरुषका लागि २० बेड र महिलाका लागि ५ बेडको सुबिधासम्पन्न आइसोलेसन कक्ष निर्माण गरिएको छ । संक्रमितका लागि एट्याच बाथरुम, मनोरञ्जनका लागि टि.भी र वाईफाई समेत जडान गरिएको स्वास्थ्यकेन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो । आइसोलेसन तयार गर्नका लागि जनप्रतिनिधि, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानिय लगाएतको सहयोग गरेका थिए ।
केही दिनअघि पश्चिम बागलुङका चार पालिकाहरुबीचको बैठकले ढोरपाटन नगरपालिका—१ बुर्तिबाङमा कोरोना संक्रमित बिरामीको उपचार र रेखदेखका लागि आईसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो ।