मुसिकोटका मेयरले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै स्थानीयको विरोध !

मुसिकोटका मेयरले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै स्थानीयको विरोध !

Badigad Online
3 Min Read

बडिगाड अनलाइन, गुल्मी । क्वारेन्टाईन अनुगमनमा गएका मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाल गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

नगरपालिकाको वडा नं १ थाम स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईन अनुगमनका रुपमा पुगेका मेयर सापकोटाले विपतको समयमा पनि क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य सवेंदनशीलतामा ध्यान दिन आग्रह गर्दा उल्टै गैह्र जिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेको सोही क्वारेन्टाईन व्यवस्थापनमा खटिनुभएका विपद व्यवस्थापन समितिका सदस्य भिम पाण्डेले बताए ।

उनका अनुसार उक्त क्वारेन्टाईनको अवस्थाको बारेमा जानकारी लिने क्रममा क्वारेन्टाईनमा अत्यावश्यकीय मास्क सेनिटाईजर, साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु नभएको गुनासो सगैं स्थानीयले आक्रोस व्यक्त गरेका थिए । सोही क्रममा जवाफ दिँदै नगरप्रमुख सापकोटाले जनताको एक भोटको लागु आफु नोकर बन्न नसक्ने अभिव्यक्ति दिएको बताईएको छ ।

त्यस लगत्तै स्थानीय तहको जिम्मेवार पूर्ण तहमा रहेका व्यक्तिले नै गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै स्थानीयले जनताको हीतमा काम नगरेको र गलत बोलेको भन्दै मेयरको राजीनामा माग गर्दै विरोध गरेका थिए । त्यसपछि केही बेर तनावको स्थिति सिर्जना भएको स्थानीयले बताएका छन् ।

यसैबीच क्वारेन्टाईनमा बसेकाहरुले आफुहरुलाई भारतबाट आएको भनी स्थानीय तहले पनि अपमान गरेको आरोप लगाएका छन् । अन्य स्थानीय तहले भारतमा रहेका आफ्ना नागरिकलाई पालिका भित्र्याउन अहोरात्र खटिएर काम गरेपनि मुसिकोट नगरपालिकाले भने उद्धारमा तदारुकता देखाउन नसकेको उनीहरुको भनाई छ । वामीटक्सार आएपछि पनि आफुहरुलाई नगरपालिकाले उद्धार गर्न नसक्दा आफुहरु हिँड्दै आउनुपरेको र क्वारेन्टाईनको व्यवस्थापन समेत राम्रो नभएको उनीहरुको भनाई छ ।

मेयर यसो भन्छन्

यस विषयमा बुझ्दा मुसिकोट नगरपालिकाका मेयर सापकोटाले आफुले त्यस्तो असहज पूर्ण वक्तव्य नदिएको बताएका छन् । उनले क्वारेन्टाईनको गुनासो आउनु स्वभाविक रहेको र आफुले नगरपालिकाले गर्न सक्ने पहल गर्ने बताए । नगरपालिकाले क्वारेन्टाईन व्यवस्थापन र सुरक्षाका लागि यस अगाडी पनि विभिन्न कार्यहरु गर्दै आएको र अहिले पनि गर्ने बताएको उनले बताए ।

अनुगमनका क्रममा केही स्थानीयले असहज वातावरण भएको भन्ने प्रति आफुलाई भने त्यस्तो महसुस नभएको उनको भनाई छ । माक्स सेनिटाईजर लगायतका सामाग्री अभाव भयो नगरपालिकाले व्यवस्था गर्नुपर्यो भन्ने उहाँको गुनासो प्रति मैले सक्दो पहल गर्छु भनेकु हुँ । तपाईलाई के सुचना आयो बाँकी कुरा उतै बुझ्नुस् , मेयर सापकोटाले भने ।

भिडियोमा हेर्नुहोस्

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित