गण्डकी प्रदेशमा पहिलाे पटक कोरोनाका कारण एक जनाकाे मृत्यु !

गण्डकी प्रदेशमा पहिलाे पटक कोरोनाका कारण एक जनाकाे मृत्यु !

Badigad Online
1 Min Read

पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए । स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित