सागर भण्डारी,बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकाले भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुको स्वाव सकंलन कार्य तीव्र पारेको छ । भारतबाट आई क्वारेन्टाईनको बसाई अवधि पुरा गरेकाहरुको स्वाव सकंलन सगैं पीसीआर परिक्षणका लागि गाउँपालिकाले तीब्रता दिएको छ ।
यसैक्रममा आज सोमबार गाउँपालिकाले विभिन्न क्वारेन्टाईनमा बसेका ३३ जनाको पीसीआर परिक्षणका लागि स्वाव सकंलन गर्ने भएको छ । वडा नं ७ स्थित भिमगिठे माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका २९ जना र वडा नं २ स्थित त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका ४ जनाको स्वाव सकंलन गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य सहसयोंजक एवम् सीआईटीटी सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।
उनीहरुको स्वाव सकंलन गरी गण्डकी प्रदेश प्रयोगशाला पोखरा पठाउने तैयारी भईरहेको उहाँले बताउनुभयो । स्वाव सकंलनका लागि धौलागिरी अस्पताल बाग्लुङका वरिष्ठ ल्याव टेक्निसियन सुरज बरालको नेतृत्वमा स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली प्रसाद आचायले सहजीकरण गरिरहनुभएको छ । आईतबार पनि गाउँपालिकाले विभिन्न क्वारेन्टाईनमा रहेका ५२ जनाको स्वाव सकंलन गरेर पीसीआर परिक्षणका लागि पठाएको छ ।
५७ जनालाई घर पठाईँदै
गाउँपालिकाले यस अगाडी पीसीआर परिक्षणमा नेगेटिभ नतिजा आएका ५७ जनालाई आज सोमबार घर पठाउने तैयारी गरेको छ । शनिवार आएको पीसीआर परिक्षणको नतिजामा नेगेटिभ नतिजा आएका पौँदी टारी आधारभूत विद्यालयका ५७ जनालाई घर पठाउने तैयारी भईरहेको गाउँपालिकाले जनाएको छ । पालिकाले यस अगाडी पीसीआर रिपोर्ट नेगेटिभ आएपनि आरडिटी परिक्षण गरेर घर पठाउने गरेको भएपनि उक्त क्वारेन्टाईनमा बसेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले आरडिटी परिक्षण नगरी घर पठाउन लागिएको कडेंलले बताउनुभयो ।
२ सय ६२ जनाको स्वाव सकंलन
बडिगाड गाउँपालिकाले पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरु मध्ये अहिलेसम्म २ सय ६२ जनाको स्वाव सकंलन गरेको छ । जसमध्ये २ सय १० जनाको पीसीआर रिपोर्ट आईसकेको छ । उनीहरुमध्ये १५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको र १५ जना कोरोना सक्रंमितको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भईरहेको छ । यसैबीच पीसीआर रिपोर्टमा नेगेटिभ आएपनि गाउँपालिकाले घर पठाउने बेलामा आरडिटी परिक्षण गर्दा २ जनाको आरडिटी रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।
उनीहरुको पनि स्वाव सकंलन गरी पुन : पीसीआर परिक्षणका लागि पठाईएको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म ३ सय ८२ जना क्वारेन्टाईनमा रहेका छन् । भने पीसीआर परिक्षण रिपोर्ट पछाडी गाउँपालिकाले गरेको आरडिटी परिक्षण पनि नेगेटिभ आएका ४८ जना क्वारेन्टाईनबाट घर गएका छन् ।