बडिगाडको क्वारेन्टाईनमा बसेकाहरुलाई आमा समुहले गरे खाद्यान्न सहयोग !

बडिगाडको क्वारेन्टाईनमा बसेकाहरुलाई आमा समुहले गरे खाद्यान्न सहयोग !

Badigad Online
1 Min Read

जीवन पाण्डे । बडिगाड गाउँपालिकाको क्वारेन्टाईनमा बसेकाहरुलाई आमा समुहले सहयोग गरेका छन् । गाउँपालिकाको वडा नं ५ खार बजार स्थित शान्ति सेवा आमा समुहले खार माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेकाहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

आमा समुहले उक्त क्वारेन्टाईनमा बसेकाहरुलाई २ बोरा चामल, एक कार्टुन तेल, २ कार्टुन बिस्कुट, ४ क्यारेट अण्डा, ४० पिस साबुन, ४ किलो चना, २ केजी मसुर दाल, १ केजी सीमीको दाल, २ केजी अडहर दाल, २ पोका आयोडिन नुन, लगायतका अन्य दैनिक खाद्य वस्तुहरु उपलब्ध गराएको समुहकी अध्यक्ष विष्णु माया घिमिरेले जानकारी दिनुभयो ।

भारतबाट आएका सबै हाम्रै दाजुभाई दिदी बहिनीहरु हुन् क्वारेन्टाईनमा बसेका बेला पोसिलो खाना खानुपर्ने भएकाले उक्त सहयोग गरेको उहाँले बताउनुभयो । साथै उहाँले भारतबाट आएकाहरुलाई सहयोगको दृष्टिले हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित