बडिगाड गाउँपालिकाका शिक्षकहरुले पालिकालाई १० दिनको पारिश्रमिक दिने ।

बडिगाड गाउँपालिकाका शिक्षकहरुले पालिकालाई १० दिनको पारिश्रमिक दिने ।

Badigad Online
3 Min Read

कमल पौडेल/ बागलुङ । बडिगाड गाउँपालिकाका शिक्षकहरुले बडिगाड गाउँपालिकाको विपद् व्यवस्थापन राहत कोषमा १० दिन वरावरको पारिश्रमिक सहयोग गर्ने भएका छन्। गाउँपालिकाको आयोजनामा बडिगाड गाउँपालिका भित्रका शिक्षकहरुका पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको संयुक्त छलफलबाट शिक्षकहरुले १० दिन बरावरको पारिश्रमिक राहत स्वरुप गाउँपालिकालाई सहयोग गर्ने घोषणा गरेका छन्।

सो छलफलमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले विपद्को बेला सवै एकजुट भएर सहयोगमा जुट्नुपर्ने बताउनु भएको छ। गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले पालिका भित्रको सवै तहतप्कालाई सहयोगको लागि आह्वान गर्दै शिक्षकहरुले गाउँपालिकाको कोरोना विरुद्धको अभियानमा साथ दिन आग्रह गर्नुभएको थियो। पाइजाले अहिले गाउँपालिका संकटमा परेको भन्दै समाजको बौद्धिक वर्ग शिक्षकहरुले आवश्यक सल्लाह र सहयोग गर्न आग्रह गर्नुभएको थियो।

सो कार्यक्रममा शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, एकिकृत शिक्षक संगठन बागलुङका जिल्ला अध्यक्ष जित बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका बडिगाडका सचिव यज्ञदत्त घिमिरे, शिक्षक संघ बडिगाडका अध्यक्ष दिननाथ पौडेल, अखिल नेपाल शिक्षक संघ बडिगाडका अध्यक्ष शिवलाल बन, भानु माविका प्रधानाध्यापक केशव खरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, कञ्चनापुर आधारभुत विद्यालयका प्रधानाध्यापक पुनराम गिरि लगाएत शिक्षकहरुले गाउँपालिकाको अहिले गरिरहेको क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य जाँचको विषयमा खुलेर प्रशंसा गर्दै शिक्षकहरुको तर्फवाट गर्न सक्ने आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो।

गाउँपालिकाले कोरोना रोकथामको लागि गरिरहेको कामलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने बताउँदै शिक्षक प्रतिनिधिहरुले शिक्षकहरुको तर्फवाट भोली संकटमा महिनौको पारिश्रमिक सहयोग गर्न तयार हुनुपर्ने तर अहिले पहिलो चरणमा १० दिनको पारिश्रमिक सहयोग गर्ने घोषणा गर्नुभएको हो। सो घोषणालाई पालिका अध्यक्ष पाइजाले धन्यवाद दिँदै गाउँपालिका सवैको साथमा अगाडि बढ्ने बताउनु भएको थियो। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी लगाएतले कोरोना कहरको सन्दर्भमा विषय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा पत्रकार कमल पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो।

यसैविच कञ्चनापुर आधारभुत विद्यालय बडिगाड गाउँपालिका वडा नं. ३ तारञ्जाका प्रधानाध्यापक पुनाराम गिरिले गाउँपालिकाको राहत कोषमा १० हजार वढिको खाद्यान्न सहयोग गर्नुभएको छ। गाउँपालिका भरका शिक्षकहरुको १० दिनदिनको पारिश्रमिक बाहेक थप १० हजार वढिको खाद्यान्न सहयोग गर्नुभएको हो। यो संकटको बेला सवैले सहयोग गर्नुपर्ने बेला भएको भन्दै गिरिले चामल, तेल, दाल सहित सहयोग गर्नुभएको हो। बडिगाड गाउँपालिकामा स्थानियहरुले नगद तथा खाद्य सामाग्रि सहयोग गर्दै आइरहेका छन्। गाउँपालिकाले गाउँपालिका भित्र ७ स्थानमा क्वारेन्टाइन व्यवस्थापन गरि ३ सय ७५ जनालाई राखेको छ भने पाँच दिनमा पिसिआर र १४ दिनमा आरडिटि परिक्षण गरि होम क्वारेन्टाइनमा वस्ने गरि घर पठाउन थालेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित