नेपाली काँग्रेस मुसिकोट कार्यसमितिद्धारा पत्रकार सम्मेलन !

नेपाली काँग्रेस मुसिकोट कार्यसमितिद्धारा पत्रकार सम्मेलन !

Badigad Online
4 Min Read

बडिगाड अनलाईन । नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले मुसिकोट नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य सवेंदनशीलतामा ध्यान नदिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । पछिल्लो समय देशभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले गरेका काम कारबाही र त्यसमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेसले नगरपालिकाले स्वास्थ्य जस्तो सवेंदनशील क्षेत्रमा पनि खेलवाड गरेको भन्दै काम कारबाही नसच्चिए आन्दोलनमै उत्रिने चेतावनी दिएको हो ।

नगरपालिकाले भारतबाट आएकाहरुलाई राख्ने क्वारेन्टाईन व्यवस्थापन गर्न नसकेको भन्दै पत्रकार सम्मेलनमा पार्टी सभापति सुदर्शन शाक्यले न्यूनतम स्वास्थ्य सामाग्री पनि उपलब्ध नहुनु, राहत वितरणमा एकरुपता नहुनु र उनीहरुको स्वास्थ्य चेकजाँचको विषयमा पनि नगरपालिका गम्भीर नबनेको बताउनुभयो । यसैबीच आईतबार मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइन तथा भारत लगाएत विभिन्न क्षेत्रबाट आइ क्वारेन्टाइनमा बसेका नागरिकहरुको अवस्थाको अवलोकनको क्रममा नगरपालिकाको वडा नम्बर १ थाम स्थित सरस्वति मा वि को क्वारेन्टाइनमा बसेका नागरिक माथि गरिएको व्यवहाार र दिएको अभिव्यक्ति अशोभनिय, अलोकतान्त्रिक र गैर जिम्मेवारपूर्ण भएको प्रति नेपाली काँग्रसले घोर भ्रत्सना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस मुसिकोट नगरसमिति सविच मोहन घिमिरेले कोरोनाले आम नागरिक आजित भइरहेको बेला स्थानीय सरकारले गरेको अमानवीय व्यबहारलाइ काँग्रेसले नागरिक माथि ठूलो धोका भएको ठहर गरेको बताउनुभयो । नगरप्रमुख सोमनाथ सापकोटाले स्थानिय माथि गरेको अमानविय व्यवहारप्रति सार्वजकि रुपमा नै माफी माग्नुपर्ने नत्र आम नागरिक सडकमा उत्रने र बाध्य भएर माफी माग्नुपर्ने अवस्थाको सिर्जना हुने काँगे्रसले ठहर गरेको नेपाली काँग्रेस पूर्व जिल्ला कार्यसमिति सचिव हरिनारायण सापकोटाले बताउनुभयो । पत्रकार सम्मेलन मार्फत काँग्रेसले मुसिकोट नगरपालिकाका मेयर तनाशाही प्रवृत्तिमा अगाडी बढन खोजेको, संविधानले रक्षा गरेको अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज गर्न खोजेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाका सुचनाहरु लुकाउन खोज्ने र नागरीकलाइ सुचनाविहिन बनाइ मनपरी ढँगले आफु निकट मान्छेहरुलाइ नियुक्ति गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको काँगे्रसले जनाएको छ । कर्मचारी भर्ती गर्दा विज्ञापन नै नगरी आफु निकट मान्छेहरुलाई जागिर दिएको, राहत वितरणमा समेत अनियमितता गरेको भन्दै नेपाली काँग्रेस मुसिकोट छाँया सरकार प्रमुख झविलाल भण्डारीले आग्रह पूर्वाग्रह भन्दा माथि उठेर जनताको हीतमा काम गर्न नसकेको भन्दै खेद प्रकट गर्नुभएको थियो । नगरपालिकामा निर्माण गरिएका ९ वटै वडाका क्वारेन्टाईनहरुको अनुमगन गरेको काँग्रेसले क्वारेन्टाईनको हरिबिजोग हुँदा सम्म ध्यान नदिनु, भारतबाट आउने नागरिकहरुको उद्धारमा ध्यान नदिनुले स्थानीय सरकार असफल छ भन्ने प्रमाणित गरेको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटाले बताउनुभयो ।

साथै क्वारेन्टाईनमा बसेकाहरुलाई विश्वमै असफल सावित भएको आरडिटी परिक्षण गर्दै घर पठाउँदै गर्नुले झनै सक्रंमणको खतरा बढेको काँग्रेसको ठहर छ । साथै आरडिटी परिक्षण तत्कालै रोकेर पीसीआर परिक्षणको व्यवस्था मिलाउन र त्यसका लागि काँग्रेस सहयोग गर्न तैयार रहेको बताईएको थियो ।  नगपालिकालाई विज्ञप्ती दिने मात्र काम भएको छ सुनुवाई भएको छैननी भन्ने पत्रकारको जिज्ञासामा काँग्रेस जिल्ला समिति पूर्व सचिव हरिनारायण सापकोटाले यस अगाडीका विज्ञप्तीहरु सचेत गराउनका लागि दिईएको र मुसिकोट आफै सच्चियोस भन्ने आफुहरुको धारणा रहेपनि ढुगों बोल्ला तर नगर नबोलेकाले अब पनि आफ्ना मागहरुलाई सम्बोधन नगरे लकडाउनको अवज्ञा गरी काँगे्रस सडकमा आउन बाध्य हुने उहाँले बताउनुभयो ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित