गुल्मी । गुल्मीमा कोरोना संक्रमित बिरामीको अबस्था गम्भीर बन्दै गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइशुलेसनमा रहेका धुर्कोट गाउँपालिका ३६ वर्षिय कोरोना संक्रमितको अबस्था गम्भीर रहेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्चाले जानकारी दिनुभयो ।
उनी भारतबाट आई धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला कोरोना संक्रमण पुष्टी भएको थियो । १४ दिनदेखि आइसुलेसनमा रहेका संक्रमितको अबस्था गम्भीर बनेपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले ब्लड दिएकी छन् । २ वर्षदेखि आन्द्राको क्यान्सरबाट ग्रसित कोरोना संक्रमितको रक्त अल्पताको समस्या देखिएपछि संक्रमितकै उपचारमा खटिएकी स्वास्थ्य कर्मी सीता छन्त्यालले ब्लड दिएको डक्टर पच्चाले बताउनुभयो ।
संक्रमित व्यक्तिको १४ दिनदेखि लगातार उपचारमा खटिएकी स्वास्थ्य कर्मीले संक्रमित व्यक्तिलाई बचाउनको निम्ति रगत दिएर ठूलो योगदान गरेकी छन् । तम्घासको आइसुलेसन उपचारत संक्रमितलाई थप उपचारको लागि बुटवल रिफर गरिएपनि बिबिध समस्याका कारण पठाउन नसकिएको डक्टर पच्चाले बताउनुभयो । संक्रमित व्यक्तिको अबस्था दिनानु दिन झन जटिल बन्दै गएको डक्टर पच्चाको भनाई छ ।
संक्रमित व्यक्तिको २ पटक लिइएको स्वाबको रिर्पोटमा कोरोना पोजिटिभ नै आएको रेसुङ्गा नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो । खबर मार्केट