बडिगाड अनलाइन,गुल्मी । मुसिकोट नगरपालिका वडा नं १ स्थित सरस्वती माध्यमिक विद्यालयमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा गत जेष्ठ २५ गते त्यहाँ निर्माण भएको क्वारेन्टीन अनुगमनको लागि सुरक्षाकर्मी सहित पुगेका थिए ।
सुरुमा त्यहाँ गठित कोरोना बिपत व्यवस्थापन समितिका पदाधिकारी संग सामान्य छलफल पश्चात उनी विद्यालय भित्र निर्माण गरिएको क्वारेन्टीन अनुगमनमा पुगे । क्वारेन्टीनमा पुगेर बोल्न थालेका मेयर सापकोटाले नगरपालिकाले भारतमा रहेर काम गरेका नागरिकलाई उद्दार गरिरहेको, राहत बितरण गरेको लगायतका कुराहरु व्यक्त गर्दासम्म अबस्था सामान्य नै थियो ।
कसरी भयो त विवाद ?
करिब २ हप्ता पहिला भारतबाट बुटवल आईपुगेका मुनपा १ थामका दिपेन्द्र केसि नगरपालिकाका मेयरले नै समन्वय गरी बुटवल देखि वामी आएका थिए । वामिमा उनको भेट नगरपालिकाका मेयर सोमनाथ सापकोटा संग भयो । नेकपाका स्थानिय कार्यकर्ता समेत रहेका केसिलाई नगरप्रमुखले बेला हिडेरै मुनपा १ को सरस्वती माविको क्वारेन्टीनमा जान अनुरोध गरे ।
राती अबेर क्वारेन्टीन स्थलमा आईपुगेका केसिले आफुलाई वामी टक्सार देखि हिडाईएको, गाडिको व्यवस्था नगरिएको र सांझको बेला एक्लै हिड्न बाध्य बनाईएको भन्दै नगर प्रमुख र वडा अधक्ष्यलाई गाली गलोजको शैलिमा फेसबुकमा एक स्टाटस अपडेट गरेका थिए ।
नगर प्रमुख सापकोटाले सरस्वती माविमा बोलिरहदा पटक पटक तिनै दिपेन्द्र केसिको नाम लिएर आफुले फुलमाला लगाईदिएर भारतबाट आउन नसक्ने अभिव्यक्ती दिए ।
त्यति बोल्दा नै दिपेन्द्र केसि लगायत क्वारेन्टीनमा बसेकाहरुले आफुलाई फुलमाला लगाईदिन नपर्ने तर भारतबाट आउदा गाडिले महङ्गो भाडा लिएको, लामो समय हिड्न बाध्य बनाएकोमा नगरले स्पष्टिकरण दिनुपर्ने भन्दै बिरोध गरे । उनिहरुले बिरोध गर्न थालेपछि स्थानिय विपत व्यवस्थापन समितिका सदस्यहरुले उनिहरुलाई सम्झाई बुझाई गरि नगर प्रमुखलाई आफ्नो कुरा पुन सुचारु गर्न अनुरोध गरे । त्यस पछि फेरि बोल्न थालेका मेयर सापकोटाले तपाईहरुले मलाई दिएको एक भोट त होस त्यसको लागि म तपाईहरुको नोकर बनिरहन सक्दैन भने ।
नगरप्रमुख भनाई बिपक्षीप्रती केन्द्रीत नभै उनलाई नै भोट हालेका उनका कार्यकर्ता प्रती केन्द्रीत थियो । तत्पश्चात नगरप्रमुखको भनाईमा क्वारेन्टीन भित्र र बाहिर दुबै तर्फवाट बिरोध सुरु भयो । स्थानिय युवाहरुले पनि बिपतको बेला भोटको मात्र कुरा गरेको बन्दै नगरप्रमुखको भनाईको प्रतिबाद गरे । सेना र प्रहरीले सम्झाउन खोज्दा पनि बिरोध भैरहेपछि मेयर सापकोटा थप बोल्न पाएनन् ।
के थियो त त्यस अघिको अबस्था ?
सरस्वती मावी, क्वारेन्टीन व्यवस्थापनको लागि गठित समितिका अधक्ष्य रोमकान्त खरेल सोही विद्यालयका प्रअ हुन् । उक्त समितिका एक सदस्यका अनुसार प्रअ खरेल क्वारेन्टीन व्यवस्थापनमा वडा र नगरपालिकाले सहयोग नगरेको भन्दै आक्रोसित थिए । वडा अध्यक्षलाई पटक पटक फोन गरेर आफ्नो विद्यालयमा थप मानिसहरु राख्न नसकिने जनाउ दिएका थिए । थामडांडाका स्थानियका अनुसार केही दिन पहिला भारतबाट आएका घम्पुङ्ग लगायतका गाउँका स्थानियलाई सरस्वती माविमा पठाईएको र सेवा सुबिधा नदिएको भन्दै उनले वडा तथा नगरमा आक्रोश पोखेका थिए ।
आक्रोसको अबस्थामा रहेका क्वारेन्टीनमा बसेकाहरु र स्थानियहरु मेयरको बोली सुनेर थप आक्रोसित बने र अर्को पटक भोट नहाल्ने चेतावनी दिए । स्थानियहरुले बिरोध गर्न थाले पछि मेयर सापकोटाले बिगतको पालामा कांग्रेसको पनि सरकार थियो र उसले पनि केही नगरेको भनाई राखे । तर स्थानियहरुले कांग्रेसले केही नगरेकै कारण नेकपाले जितेको भन्दै नगर प्रमुखले गैरजिम्मेवार मन्तव्य दिएको आरोप लगाईरहे ।
क्वारेन्टीन स्थलमा रहेका नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य रामराज घिमिरे, बिद्यालयका प्रअ रोमकान्त खरेल लगायतले क्वारेन्टीनमा रहेका र बाहिर बसेर बिरोध गरिरहेका स्थानियलाई सम्झाउन प्रयास गरिरहेका थिए । शो समयमा उक्त क्वारेन्टीनमा बिद्यालयका केही शिक्षक, स्थानिय नेकपा र नेपाली कांग्रेसका केही कार्यकर्ता मात्र क्वारेन्टीन स्थलमा उपस्थित थिए । बिबाद बढ्दै गएपछि मेयर सापकोटा मुस्कुराउदै उभिइरहेका देखिन्थे । केही बेरको तनाव पुर्ण परिस्थिती पछि मेयर सापकोटा सहितको सुरक्षाकर्मिको टोलि त्यहाँबाट फिर्ता भएको थियो ।
घटनालाई राजनीतिकरण गर्न खोजियो
अहिले यो विषयलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । केहीले यो विषयलाई राजनीतिकरण गर्न खोजिएको र काँग्रेसले सु`नियोजित हिसाबले यो अवस्था ल्याएको आरोप लगाएका छन् । केहीले मेयर त्यहाँ जाँदै छन् भन्ने सुचना पाएपछि स्थानीयलाई उक्साएर भिडियो खिचेर बदनाम गर्ने शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् । बडिगाड अनलाईनले उनै मेयर सापकोटलाई बुझ्दा यस विषयमा आफुले त्यस्तो प्रतिक्रिया नदिएको बताएका छन् ।
क्वारेन्टाईन व्यवस्थापनकै क्रममा गुनासो आउनु स्वभाविक भएको भएपनि आफुले स्थानीयलाई नगरपालिकाले गर्न सक्ने सहयोग गरेको बताउँछन् । यसबारेमा नेपाली कांग्रेस मुसिकोटका सचिव तथा उक्त विद्यालयका व्यवस्थापन समितिका अधक्ष्य मोहन घिमिरे संग बुझ्दा उनी त्यस दिन औषधि उपचारको लागि जिल्ला सदरमुकाम तम्घास गएको बुझिएको छ । घटनाको बारेमा उनी संग प्रतिकृया लिन खोज्दा दुखद घटना भएको भन्दै क्वारेन्टीन व्यवस्थापनमा नगरपालिका जिम्मेवार ढंगले लाग्नु पर्ने र उक्त बिबादलाई राजनितीक रंग प्रदान गर्नु आबश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।