मुसिकोटले बुधवार देखि पीसीआर परिक्षणका लागि नगरभित्रै स्वाव सकंलन गर्ने ।

मुसिकोटले बुधवार देखि पीसीआर परिक्षणका लागि नगरभित्रै स्वाव सकंलन गर्ने ।

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा बुधवार देखि आरडिटी पोजेटिभ देखिएकाहरुलाई पीसीआर परिक्षणका लागि स्वाव सकंलन नगरपालिकाले नै गर्ने भएको छ । आरडिटी पोजेटिभ देखिनेको संख्या बढ्दै गएकाले आज तम्घासबाट स्वाव सकंलनका लागि आवश्यक पर्ने भिटिएम किट नगरपालिकामा आई सकेको र भोलि देखि नगरपालिकामै पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरिने बताईएको छ ।

आरडिटी पोजेटिभ देखिई हाल क्वारेन्टाईनमा राखिएकाहरुको स्वाव सकंलन नगरपालिका भित्रका तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले नै गर्ने मुसिकोट नगरपालिका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो । यसअगाडी आरडिटी पोजेटिभ देखिएका र संकास्पद लक्षण देखिएकाहरुलाई भिटिएम किटको अभावमा स्वाव सकंलनका लागि जिल्ला अस्पताल तम्घास पठाउनुपर्ने बाध्यता रहेको थियो । पछिल्लो समय भारतबाट आएकाहरु मध्ये झण्डै ८ सय जना भन्दा धेरै नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेका छन् ।

उनीहरुको सम्बन्धित क्वारेन्टाईनमा गएर नगरपालिकाले आरडिटी परिक्षण गरिरहेको छ । उक्त आरडिटी परिक्षणमा पोजेटिभ देखिएकाहरुको स्वाव सकंलन गरि पीसीआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाउने गरी तैयारी थालिएको उहाँले बताउनुभयो । त्यस्तै पीसीआर परिक्षणमा पनि पोजेटिभ देखिएमा कन्ट्याक टे«सिङको आधारमा परिक्षणको दायरा बढाईने उहाँको भनाई छ ।

यसैबीच नगरपालिकाले सोमबार पनि नगरभित्र विभिन्न क्वारेन्टाइनमा बसेका २६ जनाको आरडिटी परिक्षण गरेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परिक्षण स्वास्थ्य सयोंजक जिसीले जानकारी दिनुभएको छ । परिक्षण गरिएकाहरु सबै पुरुषहरु रहेका छन् । ९ वटै वडामा गरिएको परिक्षणमा ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको उहाँले बताउनुभयो । आरडिटी पोजेटिभ देखिएकाहरु वडा नं १ र ७ का रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित