बागलुङमा पिसिआर मेशिन खरिद गरिने !

बागलुङमा पिसिआर मेशिन खरिद गरिने !

Badigad Online
2 Min Read

बाग्लुङ । बागलुङमा कोरोना सक्रंमणको संख्या बढ्न थालेपछि परिक्षणमा ढिलाई भएको भन्दै जिल्लामै पिसिआर मेशिन खरिद गरिने भएको छ । कारोना परिक्षणमा ढिलाई हुँदा त्यसबाट निम्ताउने जोखिमलाई कम गराउनका लागि बागलुङमै पिसिआर मेसिनको व्यवस्थापन गर्ने अवस्थामा पुगिएको हो ।

मंगलबार बागलुङ नगरपालिकाले आयोजना गरेको जिल्लाकै दश पालिकाको बैठकले जिल्लामै पिसिआर मेशिन जतिसक्दो चाँडो खरिद गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाले जनाएको छ । “गण्डकी प्रदेश सरकारले तीन वटा थप पिसिआर मेशिन खरिद गर्न अगाडि बढेको बुझ्नमा पाइयो” प्रमुख पौडेलले भन्नुभयो “तीन मध्ये एक मेशिन बागलुङ ल्याउन माग गरिएको छ, तत्कालै नआएको खण्डमा दश पालिकाले मेशिन खरिद गर्ने निर्णयमा पुगेका हौं ।”

संक्रमण दर बढ्दै गएपछि बागलुङ भित्रिने मुख्य नाकाको रुपमा मालढुङ्गा र बडिगाड नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने, छ पालिकाका संक्रमितलाई शुरुको चरणमा धौलागिरी क्याम्पसमै राख्ने जस्का लागि प्रत्येक पालिकाले रु.२ लाख र नगरपलिकाले रु. पाँच लाखको साझा कोष स्थापना गरी जम्मा गर्ने निर्णय भएको छ । यस्तै संक्रमित बढ्दै गएपछि सबै पालिकामै आइशोलेसन व्यवस्थित गर्ने र बुर्तिवाङको आइशोलेसन र धौलागिरी क्याम्पसको आइशोलेसनमा प्रत्येक स्थानीइ तहले दुईजना स्वास्थ्यकर्मी परिचालन गर्ने जस्का लागि प्रोत्साहन भत्ता केन्द्र, प्रदेशलाई माग गर्ने नभए स्थानीय तहलेनै प्रोत्साहन भत्ता दिने गरी निर्णय भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुखहरु लगायत बैठकमा सहभागी हुँनुभएको थियो । cp : Aadarsa sanchar

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित