नेकपा भन्छ थामडाँडामा भएको घटना निन्दनीय: जिम्मेवार संस्थाले यस्ता कार्य रोक्नुपर्ने हो !

नेकपा भन्छ थामडाँडामा भएको घटना निन्दनीय: जिम्मेवार संस्थाले यस्ता कार्य रोक्नुपर्ने हो !

Badigad Online
4 Min Read

कमल पौडेल /वामीटक्सार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोटले नगर प्रमुख सोमनाथ सापकोटा प्रति जेठ २५ गते सरस्वती मावि मुनपा १, थामडाँडामा भएको दुव्र्यवहारलाई निन्दनिय भन्दै जिम्मेवार राजनैतिक दल वा संस्थाले त्यस्तो कार्य रोक्नुपर्ने बताएको छ।

मंगलवार एक प्रेस वक्तव्य जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीले जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी, सुरक्षाकर्मि,युवा स्वयंसेवक, राजनैतिक कार्यकर्ताहरु सवैको समन्वयबाट क्वारेन्टाइन व्यवस्थापन तथा कोभिड १९ विरुद्ध लडिरहेको समयमा क्वारेन्टाइनमा वस्नेहरुलाई उत्तेजित गराउनेहरुको पहिचान गरि कार्वाहि गर्नुपर्ने बताएको छ।

नगरकमिटी अध्यक्ष खुम बहादुर थापा मगर र सचिव अग्निधर लोहनीको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा संक्रामक महामारीको फैलावट रोक्ने र नागरिकहरुको स्वास्थ्य रक्षा गर्ने काममा सक्रिय जनप्रतिनिधि तथा सुरक्षा कर्मि, स्वास्थ्य कर्मि माथि अवरोध पुर्याउने, अभद्र क्रियाकलाप रोक्न सिंगो पार्टी परिचालित हुने बताइएको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटि मुसिकोट नगरपालिका वडा नं. १ ले २५ गते भएको घटनाले ध्यानाकर्षण भएको जनाएको छ।

आज एक ध्यानाकर्षण पत्र जारी गर्दै नगरप्रमुख, वडा अध्यक्ष सहित जनप्रतिनिधि माथि अपमानजनक, अभद्र र अराजनितिक व्यवहार भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट गरेको छ। वडा कमिटि इन्चार्ज भुपेन्द्र रायमाझि र वडा कमिटि सचिव नारायण थापाद्धारा हस्ताक्षरित पत्रमा नेपाली काग्रेसका केहि कार्यकर्ताले अराजनितिक, असामाजिक र सामन्तवादी व्यवहार देखाएको भन्दै सम्बन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कडा कार्वाहि गर्न माग गरेको छ। साथै सो पत्रमा मुसिकोट नगरपालिका तथा वडा नं. १ ले कोरोना फैलनवाट बचाउन गरेको कामको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने समेत बताएको छ।

२५ गते क्वारेन्टाइन निरिक्षणको लागि सरस्वती मावि क्वारेन्टाइनमा पुगेको नगरप्रमुख सोमनाथ सापकोटा, वडा नं. १ का अध्यक्ष पुर्ण बहादुर हितान, वडा सदस्य दल बहादुर थापा सहितको टोलीमाथी गालिगलौच सहित अभद्र व्यवहार भएको थियो। क्वारेन्टाइन परिसरमा जम्मा भएका युवा तथा क्वारेन्टाइनमा वसेकाहरुले क्वारेन्टाइनमा सुरक्षा सामाग्रि नभएको भन्दै विरोध गरेका थिए। नगरपालिकाले स्वास्थ्य सामाग्रि पठाइसकेको बताएपनि क्वारेन्टाइन व्यवस्थापन को जिम्मा पाउनु भएका सरस्वती माविका प्रधानाध्यापक रोमाकान्त खरेलले समेत स्यानिटाइजर, मास्क लगाएत स्वास्थ्य सुरक्षा सामाग्रि नभएको बताएको तर नगरपालिकाले प्रत्येक वडामा पठाएको स्यानिटाइजर, मास्क, डिसइन्फेक्सन सामाग्रि सहितका स्वास्थ्य सामाग्रि क्वारेन्टाइन स्थलमै नपुगी वडा कार्यालयमै रहेको स्रोतले बताएको छ।

नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने गरि कार्यविधि नै पास गरेर वडा कार्यालय तथा क्वारेन्टाइन व्यवस्थापन समितिलाई आर्थिक भुक्तानी गर्ने गरि वडा अध्यक्षलाई नै वडा विपद् व्यवस्थापन संयोजक तोकेको छ। भने क्वारेन्टाइन व्यवस्थापन गर्न २० जना सम्मको लागि कम्तिमा १ जना दैनिक ज्यालादारीमा स्वयंसेवक तथा प्रती व्यक्ति ५० रुपैया व्यवस्थापन खर्च र क्वारेन्टाइनमा वस्नेको हकमा खाना खर्च वापत प्रति व्यक्ति २ सय ५० रुपैया उपलब्ध गराउँदै आएको छ। वडा नं. १ का अध्यक्षले नै क्वारेन्टाइन राखिएको विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क नै नगर्नु र स्वास्थ्य सामाग्रि नपुर्याउनु तथा नगरप्रमुख सहित सो स्थानमा पुग्दा नेपाल तरुण दल वडा नं. १ का अध्यक्ष सहितको टोली सहित हुलहुज्जत हुनुले घटना सुनियोचित भएको आरोप नेपाल कम्युनिष्ट पार्टी स्रोतले लगाएको छ।

तर नेपाली काग्रेसले बुधवार स्थानिय पत्रकारहरुलाई पार्टि कार्यालयमा बोलाएर नगरप्रमुखले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध गरेको थियो। नगरपालिकाले पिसिआर परिक्षण नगरेको भन्दै नगरले नसके आफै पिसिआर परिक्षण मेसिन किन्ने नगर सभापति सुदर्शन शाक्यले बताउनु भएको थियो। उता नगरपालिकाले स्रोतले पिसिआर परिक्षण मेसिन नै खरिद गर्ने भए सघाउन तयार रहेको र महामारी नियन्त्रण कुनै एक पक्षवाट संभव नहुने भएकोले सवैलाइ एकतावद्ध हुन आग्रह गरेको छ।

 

क्वारेन्टिन सञ्चालन सम्बन्धि कार्यविधि २०७७

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित