सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका वडा नं १ थाम स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईन अनुगमनको क्रममा भएको घ`टनालाई लिएर सत्तापक्ष र प्रतिपक्षको जुहारी सुरु भएको छ । दुवै दलहरुले विज्ञप्ती निकाल्दै उक्त घटनालाई लिएर आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गर्न थालेका छन् ।
गते जेष्ठ २५ गते थाममा क्वारेन्टाईन अनुगमनका क्रममा पुगेका मेयर सोमनाथ सापकोटासगैं, सुरक्षाकर्मीहरुलाई केही व्यक्तिहरुले क्वारेन्टाईनमा बसेकाहरुलाई उक्साई उच्छृङ्खल गतिबिधि गर्न प्रेरित गरेको भन्दै मगंलबार नेकपाले विज्ञप्ती निकालेको थियो ।क्वारेन्टाइन अनुगमन गर्न जाँदा नेकपाका नेता एवम् नगरप्रमुख सापकोटा, सोहि वडाका अध्यक्ष पूर्ण बहादुर हितान र वडा सदस्य सदस्य एवम् नेकपा नगर सदस्य दलबहादुर थापामाथि नेपाली काङ्ग्रेसका स्थानीय कार्यक्रताहरुले अभद्र एवम् अराजनीतिक व्यवहार गरेको भन्दै नेकपा मुसिकोट नगरपालिका वडा नम्बर १ वडा कमिटीले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको थियो ।
यता काँगे्रसले भने उक्त कुराको खण््डन गर्दै बुधवार फेरी विज्ञप्ती जारी गरेको छ । काँगे्रसले नगरप्रमुखले दिएको अभिव्यक्ति प्रति स्पष्टीकरण सोधी कारबाही प्रकृयामा सहयोग पुर्याउनुपर्नेमा काँग्रेसका जिम्मेवार व्यक्तिहरुको नाम नै उल्लेख गरी चरित्र हत्या गर्न खोजेको आरोप लगाएको छ । विज्ञप्तीमा नेकपाले आरोप लगाएजस्तो नेपाली काँग्रेसको संस्थागत सहभागीता नरहेको बताईएको छ ।
नेकपाको विज्ञप्तीमा अराजनीतिक समुहले नगरप्रमुख लगायत जनताद्धारा निर्वाचित जनप्रतिनिधिमाथि अपमानजनक, अभद्र र गैरमानविय व्यवहार गरेकोले उनीहरुलाई कडाभन्दा कडा सजायको समेत माग गरिएको थियो । यता काँग्रेसले भने आफ्नो विज्ञप्ती मार्फत विपतको यो घडीमा नेपाली काँग्रेस बृहत राजनैतिक समझदारी सहित नगरपालिका सगं मिलेर काम गर्न तयार रहँदा रहँदैपनि नगरप्रमुखको अभिव्यक्ति प्रति नेपाली काँग्रेस मौन नबस्ने बताएको छ । काँग्रेसले उक्त अभिव्यक्ति फिर्ता लिई माफी माग्नुपर्ने अडान लिँदै आएको छ ।
नेकपाले आफ्नो विज्ञप्तीमा नेकपाका नेता कार्यकतामाथि कुनै पनि अराजनीतिक व्यवहार जोकसैले पनि दोहोराएमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कडा प्रतिरोधमा उत्रने चेतावनी दिएको थियो । बुधवार जारी गरिएको काँग्रेसको विज्ञप्तीमा नेकपाले यस घटनालाई राजनैतिक रगं दिन खोजेको भन्दै आफ्ना कार्यकर्तालाई विना आधार बदनाम गर्न खोजिए त्यसको समाजको हरेक मोर्चाबाट शसक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।
उक्त घटनालाई राजनीतिकरण गरिएको भन्दै केही स्थानीयले घटनाको यथार्थता सार्वजनिक गरी समझदारीका साथ अगाडी बढ्नुपर्ने बताएका छन् । विपदको बेलामा सबै राजनैतिक दल एकताबद्ध भई लाग्नुपर्ने र सत्ता पक्ष र प्रतिपक्ष दुवैको भुमिका उत्तिकै रहने र यसलाई राजनैतिक फण्डा बनाउन आवश्यक नभएको कतिपयको सुझाव रहेको छ ।