जीवन पाण्डे,बाग्लुङ । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको कोरोना विपद व्यवस्थापन राहत कोषमा सहयोग रकम थपिने क्रम जारी गरेको छ । यसैबीच बुधवार एक स्थानीय आमा समुहले पनि नगद रकम सहयोग गरेको छ ।
गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ । सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ । उक्त राहत कोषमा बडिगाड गाउँपालिका वडा नं ५ स्थित श्रृजनशील आमा समुहले नगद रु १० हजार पन्त्र्र रुपैयाँ सहयोग गरेको छ ।
सहयोग रकम समुहकी अध्यक्ष कोपिला घिमिरे, सहसचिव सेनिमाया घिमिरे कोषाध्यक्ष तुलसी घिमिरेले गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजालाई हस्तान्तरण गर्नुभएको हो । रकम सहयोग गरेकोका पाईजाले सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले यो विषम परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि बताउनुभयो ।