बुद्ध माध्यमिक विद्यालय क्वारेन्टाईनमा बसेका २० जनालाई घर पठाईयो !

बुद्ध माध्यमिक विद्यालय क्वारेन्टाईनमा बसेका २० जनालाई घर पठाईयो !

Badigad Online
1 Min Read

जीवन पाण्डे । बडीगाड गाउपालिकाको खार स्थित बुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा भारतबाट आएर बसेकाहरु मध्ये २० जनालाई विदाई गरिएको छ । उनिहरुको रिपोर्ट नेगेटिव आएपछी बुधवार गाउपालिका अध्यक्ष मेहरसिँह पाईजा लगायत जनप्रतिनिधी, स्थानीयहरुले बिदाई गरेका हुन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित हुनका लागी बडीगाड गाउँपालिकाले भारतबाट आउने नागरिकहरुलाई गाउँपालिका भित्रका विभिन्न बिद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरि राखिएको र सोहि क्रममा बडीगाड गाउँपालिका वडा न ५ स्थित बुद्ध माविमा राखिएकाहरु मध्य पीसीआर रिपोर्ट नेगेटिभ आएका र १४ दिनको बसाई अवधी पुरा गरेका उनीहरुलाई केही समय होम क्वारेन्टाईनमै बस्न आग्रह गर्दै घर पठाईएको गाउँपालिकाका स्वास्थ्य सह सयोंजक चुडामणी कडेंलले जानकारी दिनुभएको छ ।

उनीहरुलाई घरमै गई सुरक्षित रुपमा पुन १४ दिन होम क्वारेन्टाइनमा बस्ने सर्तमा घरमा पठाईएकोे उहाँले बताउनुभयो । उक्त क्वारेन्टाईनमा जम्मा ३९ जना रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित