गण्डकीमा थप ३७ मा कोरोना पुष्टि !

गण्डकीमा थप ३७ मा कोरोना पुष्टि !

Badigad Online
1 Min Read

बागलुङ । गण्डकी प्रदेशमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दु पौडेलले दिएको जानकारी अनुसार ४ जिल्लाका ३७ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा पर्वत १३ जना, स्याङजा बालिङका २२ जना र तनहुँका १ र नवलपुरको १ जनामा कोरोना संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा १८८ जना कोरोना संक्रमित पुगेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित