नेकपा मुसिकोटद्धारा क्वारेन्टाईन स्थलहरुको अनुगमन सुरु !

नेकपा मुसिकोटद्धारा क्वारेन्टाईन स्थलहरुको अनुगमन सुरु !

Badigad Online
2 Min Read

रामकृष्ण कडेंल, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटिको सक्रियतामा नगरपालिका भित्रका विद्यालयहरुमा सञ्चालित क्वारेन्टाईनहरुको अनुगमन सुरु भएको छ । शुक्रवार नगर कमिटी इन्चार्ज जिवन खरेल,अध्यक्ष खुमबहादुर थापा मगर,सचिव अग्निधर लोहनी सहितको टोलील नगरभित्र रहेका ११ वटा क्वारेन्टाईनको अनगुमन गरेको छ ।

पार्टीका जिम्मेवार नेताहरु महामारीको अवस्थामा सम्बन्धित स्थानमा पुगी त्यहाँ बसोबास गरिरहेका नागरिकहरूको दुःख पीडा बुझ्ने,उहाँहरूको रायसुझाव संकलन गर्ने,हालसम्म नगरपालिकाको तर्फबाट भइरहेका कामहरूको मूल्याङ्कन गर्ने र सम्बन्धित निकायहरूमा आवश्यक सल्लाह सुझाबहरु दिने उद्देश्यका साथ नेकपाले भेटघाट कार्यक्रम सुरु गरेको नगर ईन्चार्ज जीवन खरेलले बताउनुभयो।

नगर इन्चार्ज जीवन खरेल र सचिव अग्निधर लोहनी स्थापित स्वास्थ्यकर्मी पनि भएकोले प्रत्येक क्वारेन्टिन हरुमा बस्दै आएका सबै नागरिकहरू लाई अयखष्म(ज्ञढ को बारेमा चेतनामूलक स्वास्थ्य शिक्षा प्रदान पनि गरिरहनुभएको छ । सबै क्वारेन्टाइन स्थलहरुमा नगरको आर्थिक सहयोग र सम्बन्धित विद्यालयको सक्रियता देखिएको छ ।

भेटघाट कार्यक्रममा पार्टीको तर्फबाट प्रत्येक क्वारेन्टाईन स्थलहरुमा मास्क,स्यानीटाइजर,साबुन लगायतका आवश्यक सामग्रीहरु पनि उपलब्ध गराइएको नगर अध्यक्ष खुम बहादुर थापा मगरले बताउनुभयो । नगर कमिटी को टोलीलाई स्थानीय वडाहरुमा निर्वाचित जनप्रतिनिधिहरु र पार्टीका वडा स्तरीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

छलफलको क्रममा क्वारेन्टाइन मा बसोबास गरिरहेका नागरिकहरूले उअच परीक्षण अनिवार्य हुनुपर्ने नगरबाट उपलब्ध गराउने भनिएको रकम वृद्धि गर्नुपर्ने, भारतबाट घर सम्म आउँदाको भाडा नगरबाट मिलाउनुपर्ने,च्म्त्  परीक्षण विश्वासिलो नभएकोले यसलाई निरन्तरता दिन नहुने लगायतका सुझावहरु व्यक्त गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित