गुल्मीमा कोरोनाका कारण थप एक जनाको मृत्यु !

गुल्मीमा कोरोनाका कारण थप एक जनाको मृत्यु !

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीमा कोरोना सक्रंमण पछि उपचार गराई रहेका एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको रेसुङ्गा नगरपालिका तम्घास स्थित आईसोलेसनमा उपचारको क्रममा ज्यान गएको नगरपालिकाका स्वास्थ्य सयोंजक बोम अर्यालले जानकारी दिनुभएको छ ।

जेठ १२ गते कोरोना सक्रंमण पुष्टी भएपछि उनको तम्घास स्थित आईसोलेसनमा राखेर उपचार भईरहेको थियो । लामो समयदेखि क्यान्सर रोगले समेत ग्रसित उनको केही दिन यता देखि स्वास्थ्य अवस्था गम्भिर बनेपछि बेडमा बसेर उपचार सम्भव नभई भुँईमै राखेर उपचार गरिएको थियो । उनको शवलाई आजै व्यवस्थापन गरिने सयोंजक अर्यालले बताउनुभयो ।

उनका १४ वर्षका छोरा, ७० वर्षका बुबा र श्रीमती रहेका छन् । यो सगैं गुल्मीमा कोरोना सक्रंमणका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अगाडी मदाने गाउँपालिकाका पुर्कोटदहका ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित