मुसिकोटमा दलित साझा मञ्चको तदर्थ समिति गठन !

मुसिकोटमा दलित साझा मञ्चको तदर्थ समिति गठन !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । दलित साझा मञ्च तदर्थ समिति मुसिकोटको गठन गरिएको छ । मुम बहादुर परियारको अध्यक्षतामा गठित समिति २५ सदस्यीय रहेको छ ।

शनिवार सामाजिक दुरी कायम गरी सम्पन्न भेलाले उपाध्यक्षमा टेक बहादुर विक (दिनेश खाति), द्धितिय उपाध्यक्षमा अमृत नेपाली, सचिवमा चन्द्र रसाईली,कोषाध्यक्षमा प्रविणा परियार लगायत अन्य सदस्यहरु रहनुभएको छ । नगरपालिकाका ९ वटैबाट निर्वाचित दलित महिला सदस्य ९ जना गरी र नगरकार्यपालिकाका कार्यपालिकाका २ जना अनिवार्य सदस्य रहने गरी बाँकी सदस्य चयन गरिएको छ ।

उक्त अवसरमा जिल्ला दलित प्रतिनिधि सुरेन्द्र नेपालीले प्रमुख अतिथिको रुपमा बोल्दै पछिल्लो समय कालिगण्डकी र रुकुममा भएको जातिय विभेदको घटनाले सम्पूर्ण दलितहरुको अपमान भएको भन्दै यी र यस्ता विभेदका घटनालाई न्यूनिकरण गर्न शसक्त आन्दोलनको जरुरी रहेको बताउनुभएको थियो । त्यस्तै सोही अवसरमा दलित साझा मञ्च गुल्मीका प्रतिनिधि गोविन्द विक लगायतले बोल्नुभएको थियो । कार्यक्रम दिनेश खातिको स्वागत र चन्द्र रसाईलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित