गुल्मी । गुल्मीका ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । धुर्कोट ४ का उनको आइतबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाले बताउनुभयो ।
’शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको उहाँले बताउनुभयो । उनमा खोकी, श्वास फोर्न समस्या देखिएको बताईएको छ । प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकामा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताउनुभयो । उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । आरडीटी पोजिटिभ आएका उनको पीसीआर परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा.थापाले जानकारी दिनुभयो । साभार कान्तिपुर
Badigad Online