मुसिकोटमा ५ वर्षीय बालिका सहित १० जनामा कोरोना सक्रंमण पुष्टी !

मुसिकोटमा ५ वर्षीय बालिका सहित १० जनामा कोरोना सक्रंमण पुष्टी !

Badigad Online
2 Min Read

गुल्मी । गुल्मीमा एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार १० जना सवै मुसिकोट नगरपालिकाका हुन् । संक्रमित २८ बर्षका पुरुष, २९ बर्षका पुरुष, ५ बर्षकी बालिका, २६ बर्षकी महिला, ३० बर्षका पुरुष र १८ बर्षका पुरुष रहेका छन् ।

त्यस्तै २० बर्षका पुरुष, १७ बर्षका पुरुष, २१ बर्षका पुरुष र २४ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको आचार्यले जानकारी दिए । उनले संक्रमित १० जना मध्ये तीन जनाको बिहान र अहिले सात जना रिर्पोट प्राप्त भएको बताए । १० जना नै एउटै क्वारेन्टाइनमा बसेका हुन् । अहिलेसम्म जिल्लामा २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

अहिलेसम्म रुरुक्षेत्र गाउँपालिकामा तीन, रेसुंगा नगरपालिकाका तीन, छत्रकोट गाउँपालिकाका एक, धुर्कोट गाउँपालिकामा तीन, सत्यवती गाउँपालिकाका चार, मदाने गाउँपालिकामा दुई र चन्द्रकोट गाउँपालिकाका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

ती मध्ये दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । भने दुई जना निको भएर घर फर्किएका छन् । जिल्लामा हलसम्म ३७२९ जनाको आरडिटी बिधीबाट परिक्षण गरिएको छ । पिसिआर बिधीबाट परिक्षणका लागि ७०६ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ४०५ जनाको रिर्पोट आएको छ भने ३०१ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

जिल्लाम हाल २ हजार ८ सय ९ जना क्वारेन्टाइनमा बसेका छन् । भारतबाट आएर २ सातासम्म स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बसेका हुन् । भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुका लागि ५ हजार ३सय ८ बेडको क्वारेन्टाइन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आशुलेसन बेड तयार गरिएको छ । copy gulminews

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित