जीवन पाण्डे । बडिगाड गाउँपालिकाको वडा नं २ खर्बाङ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका ४ जनालाई विदाई गरिएको छ ।
केही समय अगाडी प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको पीसीआर रिपोर्टमा नेगेटिभ नतिजा आएका उनीहरुको आज आरडिटी परिक्षण गर्दा पनि नतिजा नेगेटिभ आएपछि घर पठाईएको गाउँपालिकाका स्वास्थ्य सहसयोंजक चुडामणी कडेंलले जानकारी दिनुभएको छ । उनीहरु कोरोना सक्रंमित सगैं एउटै कोठामा बसेकाले पीसीआर परिक्षणमा नतिजा नेगेटिभ आएपनि केही दिन क्वारेन्टाईनमै राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले आरडिटी परिक्षण गरि घर पठाईएको उहाँले बताउनुभयो ।
उक्त क्वारेन्टाईनमा अझै ६३ जना रहेका छन् । उनीहरुमध्ये केहीको स्वाव सकंलन गरि परिक्षणका लागि पठाईएको छ । आईतबार मात्रै उक्त क्वारेन्टाईनमा भारतबाट १७ जना आएका थिए । यसैबीच बडिगाड गाउँपालिकामा अहिलेसम्म १ सय ९ जनालाई पीसीआर र आरडिटी परिक्षण गरि घर पठाईएको बताईएको छ ।