छविलाल पाण्डे । बागलुङको निसीखोलामा १२ दिनदेखि क्वारेन्टाईनमा रहेकि एक महिलाले क्वारेन्टाईनमै बच्चा जन्माएकि छन् । भारतदेखि १२ दिन पहिले गाउँ फर्किएकी निसीखोला गाउँपालिका ५ कि २१ बर्षिय रैमती बिकले निसीखोला ५ स्थित ज्ञानेन्द्र माविको क्वारेन्टाइनमा बच्चा जन्माएकि हुन् ।
सुत्केरी व्यथा लागेको थाहा पायसँगै स्वास्थ्य कर्मिको टोली क्वारेन्टाईन स्थलमा आइपुग्दा बच्चा जन्मिएपछि दुई जना स्वास्थ्य कर्मिले क्वारेन्टाईन भित्रै डेलीभरीमा सहयोग गरेका छन् । हाल सुत्केरी र बच्चाको अवस्था सामान्य छ । दुई सन्तान छोरी जन्माई सकेकि बिकले तेश्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छन् ।
उनका श्रीमान समेत क्वारेन्टाईनमा रहेका छन् । भारतको पन्जाबबाट आएका उनिहरुको गत जेठ २९ गतेमात्रै पिसीआर परिक्षण गरीएपनी हालसम्म रिर्पाट आएको छैन् । रिर्पाट नआएका कारण डेलीभरी गराउन सहयोग गर्ने दुईजना स्वास्थय कर्मिलाई समेत क्वारेन्टाईनमा बस्न आग्रह गरीएको र सुत्केरी महिलालाई होम क्वारेन्टाईनमा बस्ने गरी सासु ससुराको जिम्मा लगाइएको निसीखोला गाउँपालिका स्वास्थ्य सम्योजक टोपबहादुर चन्दले बताउनु भयो ।
समयमा पिसीआर रिर्पाट नआएका कारण स्वास्थ्य कर्मिदेखि घरपरिवारमा समेत जोखिम बढि रहेका कारण थप सचेत हुने गरी अगाडी बढिरहेको उहाँको भनाई छ । त्यसैगरी निसीखोला गाउँपालिकामा तत्काल डेलीभरी हुने अवस्थामा दुई जना गर्भवती बस्दै आएका छन् । उनिहरुको समेत पिसीआर रिर्पाट नआएका कारण घर पठाउन नसकिएको स्वास्थ्य सम्योजक चन्दले बताउनु भयो ।
निसीखोला ५ मा सबैभन्दा बढि नागरीक क्वारेन्टाइनमा रहेका छन् । ज्ञानेन्द्र माविमा ७४ र गल्गटा क्वारेनटाईनमा त्रिपाल मुनी ८१ जनालाई राखिएको वडा अध्यक्ष हर्कमान घर्तीमगरले जानकारी दिएका छन । यसैगरी ढोरपाटन नगरपालिकामा समेत दुई जना गर्भवती महिला लामोसमय देखि क्वारेन्टाईनमा रहेका छन् । भारतबाट आएका उनिहरुको १५ दिनपछि मात्रै पिसीआर गरीएको छ । उनिहरुको रिर्पाट आउन बाँकी रहेको हो ।