अब त कोराना सङ्गै हिड्न सिक्ने कि ?

अब त कोराना सङ्गै हिड्न सिक्ने कि ?

Badigad Online
7 Min Read

कोरोना अब त यो कुनै नौलो शब्द रहेन । शुरु शुरुमा यो शब्द सुन्दासाथ ,मध्यरातमा एक्लै मसानघाटमा उभिएको जस्तो अनुभूति हुन्थ्यो । आज भन्दा दुइमहिना पहिले ,केही अ‍ौषधीहरुको आवश्यक भयो र अस्पताल जानुपर्ने भयो । घरबाट बाहिर निस्कने बेलामा मुखमा माक्स लगाए देखिनै मेरो मनमा त्रास उत्पन्न भयो, कतै मृत्युको मुखमा जादैछु कि जस्तो मनोविज्ञानबाट त्रसित थिए ।

बिहानको करिब १० बज्नै आटेको थियो । सडकहरु तातिसकेका थिए, बाटो पुर्णरुपमा सुनसान थियो । सडकको बिचमा उभिएर दायाँबाँया नजरले देख्ने सम्म हेर्दा मानिसको नामोनिसान देखिदैन थियो । अ‍ौषधि पसल बाहेक अरुसबै खाले पसलहरु पुर्णरुपमा बन्द थिए । बाटोमा एक्लै हिड्दा मन कताकता डरले झस्किरहेको अनुभूति हुन्थ्यो । २ महिना पछि म फेरि हिजो बजार हिडे ,मास्क लगाउने बेला मनमा कुनै त्रास थिएन, बाटोमा अधिकाशं मास्क नलगाएका र थोरै मात्र मास्क लगाएका मानिसहरुको बाक्लो आवतजावत छ, कहि कसैले सामाजिक दुरीको ख्याल नै गरेका छैनन् ।

यसरी प्रत्येक दिन कारोना बढ्दै जादा सुरक्षा नअपनाइकन दैनिकि सुचारु गर्नु ठिक नभए पनि ,यो भिडले एउटा सन्देश स्पष्ट दिइरहेकोे थियो । हामी कोरोनाको मनोवैज्ञानिक त्रासबाट मुक्त भइसकेका रहेछौ भन्ने । आजकल प्रधानमन्त्री देखि तपाइ हामिहरु कोरोना बिज्ञ भएका छौ । कोरोनाकोबारे कुरा चलिहाल्यो कि ,केही न केही कोरोना सम्बन्धि विज्ञताको टिप्स दिइहाल्छौ, सदन देखि सडक सम्म । हामी कसैले भन्छ तातो पानिले हात धोएमा हराउछ, कसैले भन्छ लसुन प्याज र हिमालको चिसो पानी खाएमा, कसैले भन्छ मदिरा खाएमा,कसैले गर्मीमा बसेमा ,यिनिहरु चाहि केही विज्ञताका टिप्सका उदाहरणहरु हुन प्रधानमन्त्री देखि तपाइ हामिले सदन देखि सडक सम्म दिने विज्ञताका टिप्सहरु ।

नेपालमा ढिला गरि कोरोना भित्रीएकाले प्रसस्त समय थियो कोराना सम्बन्धि तयारि गर्न ,तर हामी त्यता लागेनौ । हामी त लकडाउन गरि घरमै बस्यौ ,हाम्रो लागि तयारि गरिदिने सरकार छ भनेर । तर बिडम्बना ,लकडाउन गरि हामिलाइ घरबाहिर ननिस्क है भनेर सरकार सिहंदरबार मै सिमित भयो । यो अवधीमा हाम्रा सम्माननिय प्रधानमन्त्री उखान टुक्का र कबिता जुराउन मै ब्यस्त हुनुभयो भने , मन्त्रीहरु कमिसनको बाटो तिर लागे । कोरोनाको तयारि सम्बन्धि पहिलो कदम मै करोडौ घोटलाको कुरा बाहिर आएपनि जनता चाहिँ घरबाहिर आएनन् ,यसमा जनताको सरकार प्रति अझै आशा बाकि थियो र बाहिर आएनन् तर सरकारले जनताहरु मस्त निद्रामा छन भन्ने बुझ्यो र कोरोना रोकथाम तिर लाग्नु भन्दा , कमिसन तिरै लाग्यो ।

उसले मुखमा मात्र होइन ,नाक ,कान ,आँखा सबैमा माक्स लगाएर बस्यो । र त आजको यो परिस्थिति सृजना भयो यसमा सायद कसैको दुइमत छैन । सरकारले गर्नुपर्ने तयारि गरेन क्वारेन्टाइन देखि परिक्षणको दायरा सम्म ।  शुरुदेखि नै नेपालभारतको सिनामा अलपत्र परेका नेपाली नागरिहरुलाइ ,सिमाना मै क्वारेन्टाइन बनाइ परिक्षण गर्दै नेपाल भित्र्याउनुको सट्टा सिमा मै रोक्यो । सिमानामा अलपत्र परेका नेपाली नागरिकहरुको पीडा सरकारलाइ सुनाउँदा, प्रधानमन्त्रीले भन्नुभयो उनिहरुलाइ होटलमा राम्रो खाना बस्नको ब्यबस्था गरेका छौ तर जादैनन् भन्ने । सम्मको अभिब्यक्ति दिन पछि परेनन् । आफ्ना नागरिकलाइ नेपाल नल्याइ सुखै छैन भन्ने सायद थाहा नभएर होला ,प्रशस्त समय हुँदै गर्दा पनि उनिहरुको व्यवस्थापनमा कुनै चासो देखाएन ।

उनिहरु लुकिछिपि खोला हाम फालेरै भएपनि नेपाल आउन थालेपछि, बाध्य भएर उनिहरुलाइ देशमा त भित्र्यायो तर बिना तयारि भित्राएकाले ,आज यो नियति भोगिरहेका छौ । यो सबै सरकारको गैर जिम्मेवारिताको परिणाम हो । अहिले गाउँ गाउँमा त्रास छ, कतै क्वारेन्टाइन मै बलत्कार भएका, कतै बिना परिक्षण कसम खुवाएर घर पठाएका , कतै उचित उपचार नपाएर मृत्यु भएका घटनाहरु सुन्न विवश छौँ हामिहरु ,सायद यहि होला सरकारको तयारी । अझ अचम्म लाग्दो त के छ भने ,केहिसमय अगाडि केही अन्धभक्तहरुले यो कोरोनाको भयाभह फैलन नदिनु ,केपि सरकारको ठुलो सफलता हो भनेर सामाजिक सन्जालहरु रङ्ग्याईरहेका थिए ।

तिनिहरु आजभोलि कुन दुलोमा पसेका होलान खै । यो सरकारले गरेन , गर्दैन भन्नेमा केपिवाला पावर चश्मा लगाएका बाहेक नेकपाका कार्यकर्ता र आम नागरिकले बुझिसकेका छन । यस्तो महामारिले बिश्व अर्थतन्त्र तहसनहस भएको बेला हाम्रा अर्थमन्त्रीले सामान्य अबस्था कै बजेट ल्याउछन र भन्छन कहि असर परेको छैन अर्थतन्नमा ,यहि पत्याइदिन्छन र टेबल ठोक्छन बिचरा माननियहरु । बजारब्याबसाय ,उधोगधन्दा ठप्प भएको बेला अर्थतन्त्र सामान्य नै छ थप बिगतका बर्षमा भन्दा थप राम्रो हुन्छ भन्दै गर्दा टेबल ठोक्ने माननियहरु देख्दा नि ,आफै आत्मग्लानि हुन्छ कस्ता माननीय छानिएछ भनेर ।

यसरी सर्सर्ति हेर्दा भबिष्य मा आउन सक्ने आर्थिक मन्धिको बारे सरकार बेखबर छ, सरकारलाई हाम्रो केहि चिन्ता छैन भन्ने कुरा त आफैले लकडाउन गरेर ब्याबसाय बन्द गर्न लगाएकोे सरकारले , लकडाउन भएकै बेला ऋण खोजेरै भएपनि समयमै कर बुझाउ भन्ने उर्दिले स्पष्ट पारेन र ? अब हाम्रो सरकारको बारे यति कुरा बुझेपछि ,हामी चाहिँ ब्यक्तिगत र सामाजिक सुरक्षाले ध्यान दिदै हाम्रो दैनिकि सामान्य बनाउदै अघि बढ्ने बेला भएन र ? अबश्य भयो अब त हामी हाम्रो सुरक्षामा विशेष ध्यान दिदै कारोना सङ्गै हिड्न सिक्ने कि । हामिलाइ हाम्रा सबै थाति रहेका कामहरु सुचारु गर्नु पर्नेछ, आगामि दिनको लागि पनि हातमुख जोड्ने जोहो गर्नु पर्ने छ ।

सरकारलाइ कर र बिधालयलाइ बिध्यार्थिको फिस तिर्नु पर्ने छ। घरभाडा बिजुलिपानिको बिल बुझाउनु पर्ने छ। बैंक को ऋण र किस्ता तिर्नुपर्नेछ । बिदेश महिनौ देखि बिचल्लिमा परेको घरको सदस्यलाई धेरै महङ्गो भाडा तिरेर विमान चार्टर गरि ल्याउनु छ । त्यसैले अब हामी बिस्तारै बिस्तारै कारोना सङ्गै हिड्न सिक्ने कि । सरकारलाइ यो आबश्यक छैन ,किन भने उसको महल छ, दैनिक तलभत्ता र कमिसन आइरहेको छ। चिल्लो ब्ऋ गाडिमा हामिहरु तेलहालिरहेका छौ ,तिनिहरुका निवासमा लाखौको कार्पेट हामी फेरिरहेका छौ ,जिमखान देखि बाथरुम सम्म लाखौ खर्च गरेर बनाउदै छौ अनी उसलाइ के को पिर ।

सके सम्म तपाइहाम्रो घाटि थिचेर कर उठाउछ , नपुगेको हामिलाइ धितो राखेर ,बिदेशि सङ्ग ऋणको भिख माग्दछ र आफ्नो दैनिकि सुखसयलका साथ बिताउछ ,त्यसैले उसलाइ कोरोना सङ्ग हिड्नु परेन । तपाईहामि हाम्रा आर्थिक गतिबिधि ठप्प पारेका छौ आम्दानि शून्य छ, छिमेकि पनि अ‍ैचोपैचो दिने हैसियत गुमाइसकेको छ , किस्ता नबुझाए पछि बैंक तथा सहकारि सस्थाहरु ऋण दिने वाला छैनन, त्यसैले अब त कोरोना सङ्गै हिड्न सिक्ने कि ।

सरकार त सरकारको ढुकुटिको कमिसनमा ब्यस्त छ, तपाइहामिले कोरोना कोषमा दिएका सहयोग रकममा घोटला गर्न ब्यस्त छ , बिदशमा चार्टर गरिजाने बिमानको कमिसन वार्गनिङमा ब्यस्त छ, उखानटुक्का सुन्न र सुनाउन मै ब्यस्त छ, कार्पेट देखि जिमखान देखि बाथरुम सिघार्नमा ब्यस्त छ ,कृपया तपाइहमिहरु बोलेर तिनिहरुको ब्यस्तता भङ्ग नगराउ, बरु खुरुखुरु विशेष सुरक्षा अपनाएर कारोना सङ्गै हिड्न सिकौँ ।

  • योगेन्द्र खरेल
Share This Article

प्रतिक्रिया दिनुहोस