गुल्मीमा कोरोना सक्रंमितको संख्या ५८ पुग्यो !

गुल्मीमा कोरोना सक्रंमितको संख्या ५८ पुग्यो !

Badigad Online
1 Min Read

तिलाचन पाण्डे, गुल्मी : गुल्मीमा फेरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबार राती थपिएका संकंमितहरुमा ९ जना रेसुंगा नगरपालिकाका र १ जना सत्यबती गाउँपालिकाका रहेको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए । मंगलबारै साँझ १६ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु इश्मा गाउँपालिकाका ९ जना ,मालिका गाउँपालिकाका २ जना , गुल्मीदरबार गाउँपालिकाका ४ जना , र रेसुंगा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको आर्चायले जानकारी दिए ।

उनीहरुको उमेर समूह १ बर्षका बालकदेखि ३९ बर्ष सम्मका सबै पूरुषहरु रहेको आर्चायले जानकारी दिए । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये कालीगण्डकी गाउँपालिकामा बाहेक अन्य सबैमा संक्रमण फैलिएको छ । जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने २ जना उपचार पछि निको भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित