बडिगाड अनलाईन । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको कारोना विपद व्यवस्थापन कोषमा सीवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङले सहयोग गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका विपद कोषमा सहयोग रकम वितरण कार्यक्रम अन्तर्गत बडिगाड गाउँपालिकाको राहत कोषमा रकम हस्तान्तरण गरिएको हो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाले निर्माण गरेको उक्त कोषमा सहयोग आउनेक्रम जारी रहेको छ । यसैक्रममा बुधवार संस्थाकी केन्द्रीय उपाध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजा, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुबेदी र लेखा अधिकृत दिल्ली प्रसाद आचार्यलाई नगद रु २० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । सिवाइसी नेपालको केन्द्रीय कार्यक्रम अनुसार बडिगाड गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।
विपदको यो समयमा स्थानीय तहसगैं अन्य समुदायमा क्रियाशिल सघंसंस्थाको पनि दायित्व रहने उहाँको भनाई छ । साथै उहाँले सामाजिक काममा सक्रिय संस्थाले जिल्लामा रहेका १० वटै स्थानीय तहका कोरोना कोषमा सहयोग गरेको जानकारी दिनुभयो । जसमध्ये ४ वटा नगरपालिकालाई नगद २५/२५ हजार र ६ वटा गाउँपालिकालाई २०/२० हजार गरी बाग्लुङमा सहकारीले २,२०,००० रुपैयाँ राहत कोषमा सहयोग गरेको अधिकारीले बताउनुभयो ।
सहयोग रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष पाईजाले सहयोगी संस्था प्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले सीवाईसी नेपालले समाजमा गरेको काम सह्रानीय रहेको भन्दै लकडाउनले आर्थिक अवस्था धरासाही हुन लागेको यो अवस्थामा सबैको साथ र सहयोगबाटै कोरोनाको लडाईमा अवश्य जीत हुने विश्वास व्यक्त गर्नुभयो ।