बाग्लुङ बडिगाडका एक पुरुषको कोरोनाका कारण दुवईमा मृत्यु !

बाग्लुङ बडिगाडका एक पुरुषको कोरोनाका कारण दुवईमा मृत्यु !

Badigad Online
1 Min Read

जीवन पाण्डे । बडिगाड गाउँपालिकाका एक पुरुषको कोरोना सक्रंमणका कारण दुवईमा मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ७ का ५० वर्षीय टिका बहादुर कुँवरको दुबईमा उपचारका क्रममा मृत्यु भएको परिवारलाई उदृत गर्दै वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

विगत ५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुवईमा कार्यरत उनलाई १४ दिन अघि कोरोना सक्रंमण पुष्टी भएको थियो । सक्रंमण भएसगैं उनलाई १४ दिन आईसोलेसनमा राखेर उपचार गरिएको थियो । पछि उनको अवस्था गम्भीर भएपछि ७ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको र अवस्था झनै जटिल बनेपछि आईसीयुमा राखेर उपचार गर्दै गर्दा बुधवार विहान मृत्यु भएको उहाँले बताउनुभयो ।

उनी दुवई स्थित एक होटलमा काम गर्दै आएका थिए । उनका २ छोरा १ छोरी र श्रीमती रहेका छन् । मध्यमवर्गाीय परिवार रहेका उनको मृत्युसगैं परिवारको विचल्ली भएको छ । उनको श*व नेपाल ल्याउन सम्भव नभएपछि परिवारले हिन्दु धर्मसस्ंकृति अनुसार का*जक्रिया गर्ने बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित