समाजसेवी गिरीद्धारा बडिगाड गाउँपालिकामा खाद्यान्न वितरण !

समाजसेवी गिरीद्धारा बडिगाड गाउँपालिकामा खाद्यान्न वितरण !

Badigad Online
1 Min Read

बडिगाड अनलाइन । बडिगाड गाउँपालिकाको खाद्य बैकंमा स्थानीय एक समाजसेवीले राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । गाउँपालिकाको वडा नं १ निवासी पुनाराम गिरीले गाउँपालिकाको खाद्य बैकंमा झण्डै १० हजार बराबरको खाद्यान्न वितरण गर्नुभएको बताईएको छ ।

गिरीले चामल, तेल, नुन लगायतका खाद्यान्न सामाग्री गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजालाई हस्तान्तरण गर्नुभएको हो । नेपाल सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि जारी गरेको लकडाउनका कारण प्रभावित बनेका अतिविपन्न र दैनिक मजदुरी गरी जिविकोपार्जन गरिरहेका समुदायहरुलाई भोकै बस्न नपरोस भन्ने हेतुले आफुले थोरै भएपनि सहयोग गरेको सहयोगी पुनाराम गिरीले बताउनुभयो ।उहाँ बडिगाड १ स्थित कंचनपुर आ.वि का प्रअ पनि हुनुहुन्छ ।

गाउँपालिकाका अध्यक्ष पाईजाले सहयोगी प्रति धन्यवाद व्यक्त गर्दै यस्तै साथ र सहयोग आगामी दिनमा पनि रहने अपेक्षा व्यक्त गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित