बाग्लुङ धाइबाङमा गोरु का`ट्दै गरेका ९ जना समातिए !

बाग्लुङ धाइबाङमा गोरु का`ट्दै गरेका ९ जना समातिए !

Badigad Online
1 Min Read

विमल खड्का, बागलुुङ । जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–४ धाइबाङमा गोरु का`ट्दै गरेका ९ जना समातिएका छन् । बुधबार साँझ ६बजे गोरु का*ट्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई प*क्राउ गरेको हो ।

प*क्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ का झकबहादुर कामी, वीरेन्द्र श्रीपाली, लालबहादुर पुन, विष्णुु रसाइली, कपिल श्रीपाली, सोमबहादुुर कामी, रोहन विक, कुलबहादुर कामी र थमबहादुर गोतामे रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरीले टोलीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा प*क्राउ गरिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बडिगाड अनलाइनलाई जानकारी दिनुुभयो ।

उनीहरुको साथबाट अन्दाजी १ सय ५० केजी मासु समेत बरामद प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सिंहका अनुसार यसअघि गोरु काटिरहने सुचना पाएको भए पनि बुधबार साँझ मात्रै उनीहरु प*क्राउ परेका थिए । बरामद गरिएको गोरुको मासु प्रयोगशालामा परीक्षणका लागि पठाएर बाँकी रहेको मासु इलाका प्रहरी कार्यालय बुर्तिबाङकै जग्गामा गाडिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई का*रबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुुङ पठाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित