गुल्मीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या १०५ पुग्यो !

गुल्मीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या १०५ पुग्यो !

Badigad Online
1 Min Read

तिलाचन पाण्डे, गुल्मी । गुल्मीमा बिहीबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा संक्रमितको संख्या १ सय ५ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । बिहीबार संकमण पुष्टि हुनेमा चन्द्रकोट गाउँपालिकाका १७ जना , छत्रकोट गाउँपालिकाका २४ जना , सत्यवतीका १ जना , रुरुक्षेत्रका १ जना , गुल्मीदरबारका २ जना र रेसुंगा नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

उनीहरुको उमेर समूह पहिचान गर्ने कार्य भइरहेको आर्चायले जानकारी दिनुभयो । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित