उपचारपछि बडिगाड गाउँपालिकाका ४ जना कोरोना संक्रमित डिस्चार्ज !

उपचारपछि बडिगाड गाउँपालिकाका ४ जना कोरोना संक्रमित डिस्चार्ज !

Badigad Online
2 Min Read

बडिगाड अनलाइन । कोरोना संक्रमण पुष्टी भएको बागलुङका थप चार जना निको भएर घर फर्केका छन् । गत जेठ २२ गते कोरोना संक्रमण पुष्टी भएका बागलुङको बडिगाड गाउँपालिकाका चार जनालाई बिहीबार धौलागिरि अस्पताल बागलुङले उपचारपछि डिस्चार्ज गरेको हो ।

जेठ २२ गते संक्रमण पुष्टी भएपछि धौलागिरि अस्पतालको आईसोलेसन कक्षमा भर्ना भएका बडिगाड गाउँपालिकाका २०, २५, २१ र १६ वर्षका ४ जना पुरुषहरुलाई अस्पतालले डिस्चार्ज गरेको सूचना अधिकारी तिर्थराज गौतमले बताउनुभयो । १४ दिनसम्म अस्पतालमा राख्दा पनि कोरोनाको संक्रमण लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरीटेनडेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताउनुभयो ।

‘नेपाल सरकारले बनाएको नयाँ निर्देशिका अनुसार १४ दिनसम्म आईसोलेसनमा राख्दा पनि लक्षण नदेखिए पछि डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । उनीहरुको थप पिसिआर परिक्षण भने गरिएको छैन । अहिले क्वारेनटाईनमा बसेकाहरुको पहिलो परिक्षण रिपोर्ट नै आउन हप्ता दिन बढि लाग्ने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण पुष्टी भएको १० दिनसम्म पनि त्यसबाट कुनै लक्षण नदेखिएको खण्डमा उनीहरुले अर्को व्यक्तिलाई कोरोना सार्ने सम्भावना नरहने भनेपछि नेपाल सरकारले १४ दिनमा डिस्चार्ज गर्ने निर्देशिका तयार गरेको हो । अस्पतालबाट डिस्चार्ज भएकाहरु घरमा गएपछि पनि पुनः १४ दिन होम क्वारेनटाईनमा बस्नुपर्ने सूचना अधिकारी गौतमले बताउनुभयो । बडिगाडका चार जनालाई लिनका लागि बडिगाड गाउँपालिकाले एम्बुलेन्स पठाएको थियो ।

बिहीबार चार जना घर फर्केपछि बागलुङमा कोरोना उपचारपछि घर जानेको संख्या १२ पुगेको छ । यस अगाडी नै बागलुङ नगरपालिकाको २, बडिगाडका २ र तमानखोलाका ४ जना कोरोना निको भएर घर गैसकेको छन् । बडिगाडका ४ जनासंगै संक्रमण देखिएका गलकोट नगरपालिकाका ३ जनालाई पनि बिहीबार नै डिस्चार्ज गरिए पनि नगरपालिकाले लिन नआएका कारण अस्पतालमै राखिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभएको छ ।

गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले अहिले तत्कालै उनीहरुलाई लगेर राख्ने ठाउँ नभएका कारण लिन नआएको बताउनभुयो । गलकोटमा आईसोलेसनको तयारी भएको र त्यो सम्पन्न भएपछि मात्रै फिर्ता लैजाने उनले उहाँले बताउनुभयो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले अस्पतालबाट डिस्चार्ज भएर आएकाहरुलाई सपथ खुवाएर पुन १४ दिन होम क्वारेन्टाईनमै बस्ने गरी घर पठाउने बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित