गुल्मी । सामुदायिक रेडियो पुष्पाञ्जली मुसिकोट नगरपालिका ७ वामी गुल्मीलाई एक समाजसेवीले फर्निचर सहयोग गर्नुभएको छ ।
मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङ्कोट स्थायी घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनुभएका समाजसेवी माधव खरेलले रेडियो पुष्पाञ्जलीलाई ५ थान कुर्ची सहयोग गर्नुभएको हो ।
समाजसेवी खरेलले रेडियोले समुदायमा सञ्चार र सुचना प्रदान गरी सुसुचित गर्ने कार्य गरेको भन्दै अझै पनि सामुदायिक रेडियोले समुदायमा केन्द्रीत रहेर समाचार सम्प्रेषण सगैं कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो । सहयोगी खरेल प्रति रेडियोका स्टेशन म्यानेजर प्रकाश घिमिरेले धन्यवाद व्यक्त गर्दै यस्तै सहयोग र साथ आगामी दिनमा पनि रहने अपेक्षा व्यक्त गर्नुभएको थियो । साथै घिमिरेले रेडियो समुदायको सम्पति भएपनि पछिल्लो समय धेरै रेडियो धरासयी हुने स्थिति आएको भन्दै समुदायको साथ र सहयोगको आवश्यकता औँल्याउनुभएको थियो ।
समाजसेवी खरेल साविकको अर्लाङ्कोट गाउँ विकास समितिको पूर्व अध्यक्ष र एकता व्यापार सघं काठमाण्डौको अध्यक्ष समेत हुनुहुन्छ । हाल उहाँ काठमाण्डौमा रहेर व्यापार व्यवसाय सगैं सामाजिक काममा समेत सक्रिय हुँदै आउनुभएको छ । रेडियो पुष्पाञ्जलीले जनाएको छ ।