बडिगाड । बडिगाड गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सञ्चालनमा ल्याएको राहत कोषमा सहयोग रकम थपिनेक्रम जारी रहेको छ । गाउँपालिकाले उक्त कोषमा स्वत स्फूर्त रुपमा सहयोग गर्न सबैसगं आग्रह गरेको छ ।
यसैक्रममा बडिगाड गाउँपालिका वडा नं ९ स्थायी घर भई हाल वैदेशिक रोजगारीको क्रममा कोरीयामा रहनुभएका केयरसिहं छन्त्यालले नगद रु २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले चालेको कदमलाई थोरै भएपनि सहयोग होस भन्ने हेतुले आफुले सहयोग गरेको छन्त्यालले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले सहयोगी केशरसिहं छन्त्याल प्रति आभार व्यक्त गर्नुभएको छ ।
Badigad Online