सुशान्त सिंहको नाममा दुई फ्यानले पनि गरे आ*त्मह*त्या !

सुशान्त सिंहको नाममा दुई फ्यानले पनि गरे आ*त्मह*त्या !

Badigad Online
1 Min Read

नयाँदिल्ली : बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आ*त्मह*त्यासँगै बलिउडमा फेरि एक पटक परिवारवाद र नातावादको चर्को आ*लोचना भयो । अहिले बलिउडमा यो मु*द्दा केन्द्रमा छ । त्यसो त, सुशान्त सिंह परिवारवादको शि*कार हुने एक दुखी पात्र बने । यस क्रममा सुशान्तले भोग्नु परेको व*हिष्करणबारे थप बहस हुन थालेको छ । कंगना करोटले सुशान्तको कामको प्रशंसा गर्दै उनले भोगेको दुखलाई सार्वजनिक रुपमा बहस नै उठाइन् ।

सुशान्तका दुई फ्यानले भने उनकै नाममा आ*त्मह*त्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका छन् । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डो*रीले झु*ण्डिएर आ*त्मह*त्या गरिन् । उनले आफ्नी भाउजुसँग सुशान्तले झैँ आफू पनि आ*त्मह*त्या गर्ने बताएकी थिइन् । तर भाउजुले हप्काएपछि केही बेर शान्त भए पनि केही घण्टामै उनले आ*त्मह*त्या गरेकी थिइन् ।

यस्तै बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सु*साइड नोट लेख्दै आ*त्मह*त्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ती युवकले सुशान्तको आ*त्मह*त्याको समाचार टिभीमा देखेपछि सु*साइड नोट लेखेर आ*त्मह*त्या गरेको बताइएको छ । ‘सुशान्तले त आ*त्मह*त्या गर्न सक्छन् भने म किन सक्दिन ?’ भनेर लेख्दै आ*त्मह*त्या गरेको बुझिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित