बाग्लुङको बडिगाडमा क्वारेन्टाईनबाट घर पठाईएका २ जनामा कोरोना सक्रंमण !

बाग्लुङको बडिगाडमा क्वारेन्टाईनबाट घर पठाईएका २ जनामा कोरोना सक्रंमण !

Badigad Online
2 Min Read

जीवन पाण्डे । बाग्लुङको बडिगाड गाउँपालिकामा शनिवार दिउँसो कोरोना सक्रंमण पुष्टी भएको ६ जना मध्ये २ जना क्वारेन्टाईनबाट घर पठाएका रहेका छन् । सक्रंमित वडा नं ५ स्थित खार माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका २ जनालाई शुक्रवार गाउँपालिकाले क्वारेन्टाईनबाट घर पठाएको थियो ।

१४ दिन अगाडी स्वाव सकंलन गरेर पीसीआर परिक्षणका लागि पठाएपनि रिपोर्ट नआएपछि गाउँपालिकाले शुक्रवार उनीहरुको आरडिटी परिक्षण गरी घर पठाएको थियो । आरडिटी परिक्षणमा पोजेटिभ देखिएपनि नेपाल सरकारको नयाँ निर्देशिका अनुसार क्वारेन्टाईन र प्री आईसुलेसनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेका र संकास्पद लक्षण नदेखिएकाले उनीहरुलाई घर पठाईएको गाउँपालिकाका स्वास्थ्य सहसयोंजक चुडामणी कडेंलले जानकारी दिनुभयो ।

उनीहरुमा अझै पनि कोरोनासगं मिल्दाजुल्दा लक्षणहरु नदेखिएको उहाँले बताउनुभयो । पीसीआर परिक्षणकै रिपोर्ट आउन ढिला भएकाले उनीहरुलाई १४ दिनको बसाई अवधि पुरा गरेपछि पुनः होम क्वारेन्टाईनमा बस्ने गरी घर पठाईएकाले आत्तिनुपर्ने स्थिति नरहेको कडेंलले बताउनुभयो । सक्रंमित २ जना मध्ये १ जना पुरुष २९ वर्षीय रहेका छन् भने एक ७१ वर्षीय वृद्धा रहेकी छिन् । सक्रंमित २ जना मध्ये वृद्धा पहिले देखिनै मधुमेहको विरामी रहेको र अहिले पनि भारतबाट उपचार पछि घर फर्किएकी थिईन् ।

उनी मधुमेहकै रोगी रहेको बताईएको छ । सक्रंमित २ जना मध्ये वृद्धालाई अझै पनि होम क्वारेन्टाईनमै राखिने र सकांस्पद लक्षण नदेखिएकाले घरमै राखेर निगरानी गरिने गाउँपालिकाले बताएको छ । अर्का सक्रंमित पुरुषलाई भने बुर्तिबाङमा रहेको प्री आईसुलेसनमा लगेर उपचार गरिने बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित