बासुदेव पोखरेल, गुल्मी । गुल्मीमा गुडिरहेको गाडी माथीबाट आएको पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउपालीका वडा नम्बर ३ हाडहाडेमा पहिरोले सडकमा गुडिरहेको गाडि पुरिँदा १ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।
अर्घाखाँचीको मालारानी, हाडहाडे हुदै धनमुडा जादै गरेको देउराली यातायातको ग १ ज ३९९७ नम्बरको गाडि चुने ओडार भन्ने स्थानमा पहिरोमा पुरिएको हो । ६ जना सवार जिप पहिरोले पुर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा धुर्कोट ३ हाडहाडे मल्ज्याङका अन्दाजि १८ वर्षका तुल्सीराम काउछा रहेका छन ।
यस्तै सोहि ठाउकै गाडी चालक प्रदिप पुन र रमेश राना गम्भीर घाइते भएका छन । उनिहरुलाई उपचारको लागि सन्धीखर्क लगिएको छ । ३ जनाको अवस्था सामान्य रहेको छ । केशव काउछा ,खिम बहादुर काउछा र बिशाल काउछाको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक चुदालीले बताउनुभयो ।