बडिगाड अनलाइन । रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जीले नयाँ कार्य समिति चयन गरेको छ। कल्वले वर्ष २०२०÷२१ को लागि सर्वसम्मतिमा नयाँ कार्य समिति चयन गरेको हो ।
क्लवको अध्यक्षमा बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ५ का दुर्गा घिमिरे विष्णु चयन हुनुभएको छ । त्यस्तै आईपिपि खेम थापा,प्रेसिडेंट इलेक्ट युवराज लम्साल,प्रेसिडेंट नोमिनि अशोक रिसाल,उपाध्यक्षहरु भानु भट्टराई,दिनेश भट्टराई र अर्जुन पैडेल,सचिवमा संजय घिमिरे,सह सचिव सागर घिमिरे,कोषाध्यक्ष हिमाल खनाल,सहकोषाध्यक्ष विन्दु गौतम रहनु भएको छ ।
त्यसैगरी क्लव एभिन्यु तर्फ क्लव सर्विस डाइरेक्टर सुनिता श्रेष्ठ,कम्युनिटी सर्विस डायरेक्टर मदन थापा,प्रोफेसनल सर्विस डाइरेक्टर विष्णु प्रसाद पाण्डे,इन्टरनेशनल सर्भिस डाइरेक्टर सुदीप ज्ञवाली चयन हुनुभएको छ । यस्तै सर्जेन्ट एट आर्म्समा प्रतिक पहारी,सिमा गौतम र सरीता घिमिरे, फन्ड रेजिगं चेयर लक्ष्मण पोखरेल,एडिटर डि आर पन्थि,क्लव प्रोमोसन अफिसर जानकी आचार्य,पव्लिक इमेज कोडिनेटर हरि कार्की र एजुकेशन कोडिनेडर कल्पना गैरे चयन हुनुभएको छ ।
यो संगै क्लवले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा संस्थापक एवम पूर्व अध्यक्ष अर्जुन गिरी,रोटरीएन बाबुराम बन्जाडे,जीवन भण्डारी,दुर्गा ढकाल रहनु भएको छ । कल्वले प्रेस सल्लाहकारको रुपमा विमल पुरीलाई चयन गरेको छ ।