बन्दाबन्दिमा बालबालिकाकालाई घरमै कसरी सिकाउने ?

बन्दाबन्दिमा बालबालिकाकालाई घरमै कसरी सिकाउने ?

Badigad Online
5 Min Read
2019 को डिसेम्बरमा चिनको बुहान प्रान्त वाट सुरु भयको कोरोना भाइरस (corona virus ) को कारणले लाग्ने कोभिड १९ (COVID 19) रोगले विश्वभरमा आजका मितिसम्म करिब चार  लाख अठसठ्ठी  हजार  मानिसहरुले ज्यान गुमाइसकेका छ्न । करिब नब्बे लाख मानिसहरुमा भाइरस को संक्रमण भैसकेको छ । यसको नियन्त्रण का लागि बिस्वका लगभग सबै देसहरुले लामो समयसम्म lock down गरेपनी यसको संक्रमणमा कमि आउन सकेन। लामो समयको बन्दाबन्दिले जनजिबन कस्टकर बन्दै गएपछी विस्वका अधिकास देसहरुले  बन्दाबन्दिलाइ बिस्तारै खुकुलो पार्दै  लगेका छन ।
नेपालमा पनि अघिल्लो बर्ष को चैत्र दस पछि  बन्दाबन्दी lockdown सुरु भययता  पटक पटक समय थप गरि २०७७ जेष्ठ मसान्तसम्म कायमै राखी त्यसयता  केही खुकुलो बनाइएको छ। अर्को तर्फ भाइरसको संक्रमण द्रुत गतिमा बढेसङै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ। हाल सम्म ९ हजार बढी संक्रमित हुदा २३ जनाले जीवन गुमाइसकेका छ्न।  बन्दाबन्दी को समयमा बन्द भयका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु खोल्न थालिएको छ। शिक्षा क्षेत्र को कुरा गर्दा सरकारले गत चैत्रमा  स्थगित गरेको माध्यमिक शिक्षा परिक्षा SEE संचालन नगरीकन बिधालयको आन्तरिक मुल्यांकन लाई आधार मानी प्रमाणपत्र दिने निर्णय गरेको छ।
माध्यमिक तहको अन्तिम तह मानिने कक्षा १२ को परीक्षा कहिले हुने हो निश्चित छैन।अन्य कक्षाहरुको हकमा पनि बिधालयमा गएर नियमितरूपमा पठन पाठन को संभावना तत्काल देखिदैन। यद्यपि अधिकतर  निजि बिधालय र केही सरकारी बिधालयहरुले online प्रणालिवाट नया कक्षा संचालन गर्ने प्रयास गरेपनी internet को पहुँचमा रहेका विधार्थिहरुको संख्या न्यून भयकोले त्यो पनि प्रभाबकारी हुन सकेको देखिदैन।  बाध्यात्मक परिस्थितिका कारण लामो समयदेखि घरमै थुनियर बस्नु परेका  खास गरि भर्खरै बिधालय जान सुरु गरेका र बिधालय जाने तयारिमा रहेका बालबालिकाहरु आजका मितिसम्म पनि घरमै बस्न बाध्य छन् ।
विगतका यी समयमा बालबालिका शैक्षिक सत्रको अन्तिम परीक्षा सकाएर लामो विदामा हुन्थे । घर बाहिर गएर खेल्न, घुम्न र सिक्न पाउँथे ।त्यसपछी नया शैक्षिक सत्र संगै नयाँ  पुस्तक  उपल्लो कक्षाको नेाेलाे अनुभव र वातावरणका बिच साथिहरु सङ्ग रमाइराखेका हुन्थे । तर, त्यो अवस्था अहिले छैन। कोभिड-१९ ले गर्दा वयस्क तथा बालबालिकाको दैनिकीमा परिवर्तन आएको छ । परिबर्तित अबस्थामा बालबालिका लाई ब्यस्त बनाइ विभिन्न सीप सिकाउन सकिन्छ त्यसका लागि  सबभन्दा पहिले त घरमै दिनभर बालबालिकाले के गर्ने भन्ने दैनिकी बनाउने कुराबाट शुरु गर्न सकिन्छ । दैनिकी लचिलो तर निरन्तर पुरा गर्ने किसिमले बालबालिका आफैलाई बनाउन लगाइ
शारिरिक ,सामाजिक, सबेगात्मक साथै बौद्धिक बिकासका लागि निम्न क्रियाकलाप हरुको अभ्यास गराउन सकिन्छ।
• समयमै सुत्ने र समयमै उठ्ने, बानी को बिकास गराउने
• व्यायाम, नाँच तथा योग जस्ता क्रियाकलापहरु गराउने ,
• औंला प्रयोग हुने सिर्जनात्मक क्रियाकलापहरु जस्तैः गणना गराउने ,चित्र बनाउने, रङ भर्न लगाउने,
• व्यक्तिगत सरसफाइ गर्ने, विशेषगरि साबुन पानीले हात धुने अभ्यास गराउने ।
• घरमा रहेका परिवारसँग विभिन्न विषयमा कुराकानी गर्ने,गराउने
• अभिभावक हरुले  कथा तथा पहिलेका घटनाहरु सुनाउने
• घरमै खेलिने खेलहरु (चेस, लुडो, बाघचाल आदि) संगै खेल्ने, खेलाउने
• साथीहरुसँग सञ्चार माध्यम (टेलिफोन तथा इन्टरनेट भएमा) प्रयोग गरेर कुराकानी गर्ने गराउने  ।
अभिभावकले पनि विभिन्न कुरामा आफूले महशुस गरिरहेको कुरा बताउने,
• सुत्ने बेलामा कथा सुनाउने  वा चित्र कथा हेराउने  ।
• घरका कामकाजमा बालबालिकालाई लगाउने कसरी गर्ने सिक्ने अबसर दिने
• आवाज निकालेर कथाहरू पढ्ने,
• उनीहरू आफैं पढ्न सक्दैनन् भने अभिभावकले पढेर सुनाउने,
• घरमा भएका सामग्रीसँग खेल्ने,
• विभिन्न ध्वनि तथा वस्तुहरु चिन्ने,
• विभिन्न विषयमा प्रश्नोत्तर गर्ने, विभिन्न आकार (गोलो, चारकुने, त्रिकोण) तथा रङहरु भएका घरभित्रका सामानहरुको सुची बताउने
खोजमूलक क्रियाकलाप गर्ने, गराउने
• पजलहरु बनाउने ।
यसका साथसाथै टिभी हेर्ने वा मोबाइलमा खेल्ने वा सुन्ने समय सकभर कम राख्ने  । उनीहरुको प्रश्नहरुको जवाफ दिने  दैनिकी पुरा गरेपछि स्याबास भन्ने वा प्रोत्साहन दिने साथै बालबालिकालाई कहिले भान्साको काम सिकाउने , कहिले करेसाबारी वा बगैंचामा तरकारी वा फूल रोप्न गोड्मेल गर्न लगाउने गरेर पनि ब्यबहारिक सीप सिकाउन सकिन्छ  ।
  सरस्वती गौतम चालिसे ,शिक्षक श्री ददल्का मा.बि मु.न.पा  – ९ गुल्मी 
Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित