गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाडौं गरिएको परिक्षणमा मुसिकोट नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले बताउनुभयो ।
पिएका संक्रमितहरुमा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको आचार्यले जानकारी दिखनुभयो । थपिएका संक्रमित अनुसार मुसिकोटमा कोरोना सक्रंमितको संख्या १५ पुगेको छ भने जिल्लामा २४० जना पुगेका छन् । भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।
Badigad Online