बुर्तिबाङबाट पहिलो कोरोना सक्रंमित निको भए !

बुर्तिबाङबाट पहिलो कोरोना सक्रंमित निको भए !

Badigad Online
2 Min Read

छविलाल पाण्डे , बाग्लुङ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएका पहिलो कोरोना सँक्रमितलाई आज विढाई गरीएको छ । भारतको पन्जाबाबाट आई शिवालय मावि अधिकारीचौरको क्वारेन्टाईनमा रहेका बर्ष २६ का तेजेन्द्र विकले दोश्रो पटक गरीएको पिसीआर रिर्पाट नेगेटिभ आएसँगै उहाँ कारोना जितेर घर फर्कनु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।

विक गत जेठ २६ गते कोरोना सँक्रमित भएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेशनमा ल्याइएको थियो । हाल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र निसीभुजी जनता क्याम्पसमा गरी २९ जना सँक्रमित रहेका हुन् । जसमध्ये एक जना निको भएसँगै अव २८ जना रहेको बताइएको छ । आइसोलेशनमा ढोरपाटन नगरपालिकाका १७ जना, निसीखोला गाउँपालिकाका ४ जना, तमानखोला गाउँपालिकाका १ जना र वडिगाड गाउँपालिकाका ६ जना रहेका छन् ।

उनिहरु मध्ये दुई जनालाई सामान्य रुघाखोकि र दुई जनाको प्रेशर बढि रहेको बाहेक अन्य सबैको अवस्था सामान्य रहेको र कोरोनाको लक्षण देखिएकालाई समेत औषधि उपचार भइरहेको डा। मिलन मल्लको भनाई छ ।  बुर्तिबाङमा चारवटा पालिकाका सँक्रमितलाई राख्ने गरी बनाइएको आइसोलेशन व्यवस्थापन तथा सँक्रमितको रेखदेख र उपचारमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुको सक्रिय भुमिका रहँदै आएको छ ।

त्यसैगरी यसक्षेत्रमा सँक्रमण देखिएका व्याक्तिालाई आइसोलेशन सम्म ल्याउन सवारी साधन र चालकको अभाब भएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारी र चालकको समेत उत्तिकै भुमिका रहेको छ । सँक्रमितलाई नगरपालिकाको पिकअप लिएर आफै आइसोलेन सम्म पुरयाउने गर्नुभएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित