यसरी पक्राउ परे गाँजासहित वडाअध्यक्ष !

यसरी पक्राउ परे गाँजासहित वडाअध्यक्ष !

Badigad Online
2 Min Read

बागलुङ । बिहिबार इलाका प्रहरी कार्यालयको गस्ती टोली बुर्तिबाङ बजार निस्कियो । बजार छेउको एकान्तमा बसेर गाँजा सेवन गर्दै गरेका केही युवा एक्कासी भागाभाग गरे । प्रहरीले घेरा हालेर उनीहरुलाई समात्यो । सामान्य केरकारपछि पोल खुल्यो– बुर्तिबाङ बजारमा सामान्य चियापसलबाट पनि गाँजाको व्यापार हुन्छ ।

समातिएका युवाहरुले बुर्तिबाङ बजारमा रहेको मिना चिया तथा खाजा घरको नाम लिए । प्रयोगकर्तालाई कारवाहीको कुनै व्यवस्था नभएकाले प्रहरीलाई लागूऔषधको कारोवारीलाई समात्नु थियो । मिना चिया तथा खाजा पसलमा पुगेको प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको टोलीले त्यहाँबाट नगन्य गाँजा मात्रै बरामद ग¥यो । चिया, खाजा पाक्ने पसलमा गाँजा त आउँथ्यो तर पसल माध्याम मात्रै थियो । मिना चिया खाजा पसलका सञ्चालकले पनि प्रयोगकर्ता र व्यापारीले यताउता गराईदिन भनेकाले सोहीअनुसार गरेको बताए ।

तिनै सञ्चालकले निसीतिरबाट गाँजा आउने गरेको बताएपछि प्रहरीको अुसन्धानको सुई निसीतर्फ मोडियो । बिहिबार रातीनै निसीखोला गाउँपालिका प्रबेश गरेको ईलाका प्रहरी कार्यालयको टोलीलाई गोप्य सूचना प्राप्त भयो । वडा नं. ६ का अध्यक्ष सूर्यबहादुर घर्तीको घरमा प्रसस्तै गाँजा छ । रातीनै उनको घर जान हिँडेको प्रहरी शुक्रबार बिहान ४ बजे मात्रै वडाअध्यक्ष घर्तीको घर पुगेको प्रहरी निरीक्षक भण्डारीले बताए । बिहान ४ बजे उनको घर खानतलासी गर्दा बोराका बोरा गाँजा भेटियो । प्रहरीले सबै बोरा र वडाध्यक्ष घर्तीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला पठाएको छ ।

उनको घरबाट बरामद भएको गाँजा ८६ किलो रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । ‘गाँजाजस्तो धुलो प्राप्त भएको छ, के हो भन्ने कुरा ल्याबले बताउँला’ रेग्मीले भने ‘उनी एक्लै पक्राउ परेका छन् ।’ घर्तीलाई थप अनुसन्धानका लागि सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने आँफुले हल्ला सुनेको तर सबै जानकारी नआएको प्रतिक्रिया दिए । घर्तीले मल बनाएर खेलमा हाल्न तयार पारेको बोरा बरामद भएको प्रतिक्रिया दिएको उनले बताए । Cp Dhorpatan News

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित