बडिगाडका ६ जना सहित बागलुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि !

बडिगाडका ६ जना सहित बागलुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि !

Badigad Online
1 Min Read

बागलुङ : बडिगाड गाउँपालिकाका ६ जना सहित बागलुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ७७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार बागलुङ नगरपालिकाका १७ जना, बडिगाड गाउँपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शनिवार विहान ८ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै शनिवार एकै दिन ३५ जनामा संक्रमण देखिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित