बागलुङ : बागलुङमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरसम्म पुगेको छ । पछिल्लो समय भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिएको हो ।
शनिबार राती कोरोना पुष्टि भएका बागलुङको काठेखोला गाउँपालिकाका ५ जनामध्ये ३ जना समुदायका हुन् । कोरोना पुष्टि भएका दुई जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन भने ३ जना क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाहरु रहेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर विकले जानकारी दिए ।
क्वारेन्टाइन व्यवस्थापनमा खटिएका दुई जना काठेखोला गाउँपालिकाका वडा नम्बर ५ बिहुँका हुन भने अर्का एकजना सल्यान जिल्लाको बागचौर नगरपालिका घर भई हाल बागलुङका कार्यरत सुरक्षाकर्मी हुन् ।
Badigad Online