छविलाल पाण्डे बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका १ मा रहेको उत्तरगंगा नमुना मावि बुर्तिबाङमा यस शैक्षिक सत्र २०७७ देखि प्राविधिक तर्फ सिभिल इन्जीनियरीङ विषयमा पढाई हुने भएको छ ।
कोरानो भाइसरका कारण शैक्षिक सत्र सुरु नभए पनि भर्ना अभियान सुरु भइरहेको विद्यालयका प्रअ इश्वरी प्रसाद पौडेलले बताउनुभयो ।
यस शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना अभियान सञ्चालन भएको हो । कक्षा १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा प्रत्येक वर्ष कक्षा थप हुँदै जाने प्रअ पौडेलको भनाई छ । यस वर्ष कक्षा ९ मा ४८ जनाको कोटा रहेको छ ।
पहिलो पटक पश्चिम बागलुङमै प्राविधिक तर्फको विषयमा पढाई हुने भएपछि धेरै अभिभावक र विद्यार्थीको चासो बढेको छ । विद्यार्थीको चाप बद्दै जाने स्थिती रहेका कराण इन्ट्रान्सिप लिएर मात्र विद्यार्थीले पढ्न पाउने व्यवस्था गरीएको बताइएको हो । २०७७/७८ मा शिक्षा तथा मावन श्रोत विकास केन्द्र मार्फत नमुना माविको रुपमा छनौट भएसँगै उक्त विद्यालयलाई शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारका निम्ती निरन्तर बजेट विनियोजन हुने भएका कारण प्राविधिक धारतर्फ समेत पढाई सुरु हुने जनाइएको छ ।
शैक्षिक, भौतिक र व्यवस्थापकिय क्षेत्रमा नमुना भएका कारण उत्तरगँगा मावि नमुना विद्यालयको रुपमा सुचिकृत भएको प्रअ पौडेलको भनाई छ । संघीय सरकार मार्फत विद्यालयको सुधारका निम्ति डेढ करोडसम्म बजेट विनियोजन हुने भएका कारण विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकिय सुधारमा सहजता हुने र सरकार मार्फत यस वर्ष इन्जिनीयर र शव इन्जिनीयर शिक्षक १/१ जना केन्द्रको दरबन्दी रहेका कारण यसवर्षदेखि सिभिल इन्जीयनियरीङ तर्फको पढाई हुने प्रअ पौडेलले बताउनुभयो ।
कक्षा ८ देखि १२ सम्म सिभिल इन्जिनियर अध्ययन गरेका विद्यार्थीले शव इन्जिनीयरको मान्यता प्राप्त गर्नेछन । त्यसैगरी सोहि विद्यालयमा यस वर्षदेखि आइसिटी ल्याव सञ्चालन हुने भएको छ नेपाल दुर सञ्चार प्राधिकरण मार्फत २० लाख लागतमा आइसिटी ल्याव सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रमा सञ्चालन हुने भनीएको ल्याब जडान भएमा विद्यार्थिले कम्प्युटर मार्फत अध्ययन गर्ने, इलाईब्रेरी हेर्ने, भर्चुअल कक्षा लिन पाउने भएका छन् ।
त्यसैगरी सिसी क्यामरा जडान समेत हुने जनाइएको छ । उत्तरगंगा मावि मार्फत ६ लाख ५० हजार लागतमा पुस्तकालय निर्माण भइरहेको र पुस्तकहरुको माग गरीसकिएको विद्यालयका प्रअ इश्वरी प्रसाद पौडेलले बताउनुभयो ।