मुसिकोट नगरपालिकाको वडा नं ९ अर्लाङकोटको क्वारेन्टाईनमा बसेकाहरुलाई एक समाजसेवीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । साविकको अर्लाङ्कोट गा.वि.सका पूर्व अध्यक्ष एवम् एकता व्यापार संघ नेपालका अध्यक्ष माधव प्रसाद खरेलले विद्यालय र स्वास्थ्य चौकीको क्वारेन्टाईनमा बसेकाहरुलाई मेडिकल माक्स र सेनिटाइजर निःशुल्क सहयोग प्रदान गर्नु भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रभाव नेपालमा पनि बढ्दै गइ रहेको भन्दै उहाँले भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुले विशेष सावधानी र सतर्कता अपनाउनुपर्ने भन्दै स्वास्थ्य सामाग्री अभाव नहोस भनेर सानो सहयोग गरेको बताउनुभयो । वडा भित्र निर्माण गरिएका ४ ओटा विद्यालयका क्वारेनटाइन र १ ओटा स्वास्थ्य चौकीमा समेत गरि करिब १२ हजार बराबरको माक्स र सेनिटाजर वितरण गर्नुभएको बताईएको छ । समाजसेवि खरेलले यसभन्दा अगाडि पनि विभिन्न समयमा विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आउनु भएको छ ।