जीवन पाण्डे, बाग्लुङ – निसीखोला गाउँपालिका वडा नम्बर-१ को हुल्दी जंगलमा स्थानीय मनिसरा विकले बेवारिसे अवस्थामा नवजात शिशु फेला पारेकी हुन् । उनले प्रहरीलाई खबर गरेपछि बालकको उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो | शिशु करिब १/२ दिनको हुन सक्ने आशंका गरिएको थियो ।
१३ गते घटेको यो घटनापछि पछिल्लो तिन दिनसम्म इ.प्र.का बुर्तिवाङ दोषी पत्ता लगाउन अहोरात्र खट्यो | दुइ दिन निसी मै बिताएको प्रह्रारी निरीक्षक प्रकाश सिंह भण्डारी सहितको टोली १५ गते सोमवार राति करिव १० बजे त्यो शिशुलाइ जन्मदिने आमालाई पक्राउ गर्छ |
राति नै इ.प्र.का मा ल्याइएकी १७ बर्ष उमेरकी उनलाई प्रहरी अनुसन्धान अगाडी बढाउछ | अनुसन्धानका क्रममा एक विवाहित पुरुषको दोष देखिएपछी निसीखोला वडा न. १, हुल्दिका १९ बर्षीय दिपेन्द्र बि.क लाई प्रहरीले मंगलवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारि राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ | १७ बर्षकी बालिका भने अविवाहित हुन् |
घटनाको बिषयमा थप अनुसन्धान भैराखेको र दोषीलाई तुरुन्तै कानुनी कारवाहीमा अगाडी बढाउने प्रहरीले जनाएको छ |