बडिगाड कराते डोजोकालागि समाजसेवी सिहंद्धारा सहयोग !

बडिगाड कराते डोजोकालागि समाजसेवी सिहंद्धारा सहयोग !

Badigad Online
1 Min Read

बाग्लुङ । बडिगाड गाउँपालिका स्थित बडिगाड कराते डोजोको प्रशासकीय भवन निर्माणका लागि एक समाजसेवीले आर्थिक सहयोग गर्नुभएको छ । बडिगाड गाउँपालिका वडा नं ५ सिमाक स्थायी घर भई हाल अमेरिकामा परिवार सहित बस्दै आउनुभएका जितेन्द्र प्रताप शिहंले डोजोलाई नगद रु २० हजार ४ सय १९ रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम डोजोका सयोंजक राजन पाईजाले पछिल्लो समय गरेको काम प्रति सम्मान स्वरुप आफुले प्रदान गरेको सहयोगी सिहंले बताउनुभयो । जनताको स्वास्थ्य सगं प्रत्यक्ष सरोकार राख्दै दिनरात नभनी खटिएको र बडिगाडमा खेलकुद क्षेत्रको विकासका लागि पुर्याएको योगदान स्वरुप पाईजालाई आफुले थारै भएपनि सहयोग पठाएको उहाँको भनाई छ ।

सहयोग रकम बुझदै बडिगाड डोजोका  सयोंजक राजन पाईजाले सहयोगी सिहंले सामाजिक काममा अत्यन्तै महत्वपुर्ण योगदान गर्नुभएको भन्दै बडिगाड गाउँपालिकावडा नं ६ मा बन्न लागेको स्वास्थ्य चौकिलाई पनि ३ रोपनि जग्गा निशुल्क उपलव्ध गराउनुभएको जानकारी दिनुभयो । साथै पाईजाले सहयोगी प्रति आभार पनि व्यक्त गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित