बागलुङमा ११५ जनाले जिते कोरोना !

बागलुङमा ११५ जनाले जिते कोरोना !

Badigad Online
1 Min Read

बागलुङ । बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ११५ पुगको छ । बागलुङमा सोमबार मात्रै १२ जनाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएका कारण घर पठाइएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ । यस अघि १०३ जना कोरोना जितेर घर गएका थिए । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनबाट ८ र धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा ४ बसेका १२ जना कोरोना संक्रमित निको भएर घर फर्केको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

उनिहरुलाई केही दिन होम क्वारेन्टिनमा बस्नको लागि आग्रह गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र पोखरेलले बताउनुभयो । डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ५, बरेङ गाउँपालिकाको १, बागलुङ नगरपालिका २, जना ताराखोला गाउँपालिकाका २ र गलकोट नगरपालिकाका २ जना छन् । बागलुङमा हाल सम्म कोरोना सक्रमितको संख्या २०९ पुगेको छ भने एक जना संक्रमितको मृत्यु भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित