काठमाडौंको साघुरो गल्ली,गल्ली भित्रको सानो भट्टी पसल जुन प्राय झुत्रे पर्दा ले छोपिएको हुन्छ त्यही पर्दा भित्र कुनाको कुर्चीमा बसेकी चुटेको चप्पल र तलदेखि माथिसम्मको पुरानो पातलो पहिरनमा एक महिला अकस्मात देखा परिन् ,जस्लाइ आकाशलाइ हत्केलाले छोप्न् नसके जस्तै उनी पनि त्यो पर्दा भित्र पुर्ण रुपमा छुपेकि थिइनन् ।
एकदिन विहानीपख बाहिर हिड्दै गर्दा मेरा आखाँ उनै महिला सामु पुगे छुपछुप लुकामारि खेलेजस्तो मैले हेर्दा उनले नदेख्ने उनले हेर्दा मैले नदेख्ने भयो । त्यसपछि त्यो दिन त्यतिकै घर फर्किए अर्को दिन फेरि उही समय उही ठाउ उही भेषमा उनीलाइ देखँे… त्यसपछि मलाइ उनी सामु गएर केहि कुरा जान्न मन लाग्यो । म पनि त्यही पर्दा भित्र पसे…एकछिन निहालेर हेरे ति महिलाको एउटा हातमा चुरोट र अर्को हातमा रक्सीको बोतल थियो । चुरोट को धँुवा आफ्नै रफ्तारमा उडेजस्तै उनी पनि आफ्नै संसारमा पुगेकी थिइन् ।
नजिकै भर्खरै कोपिलाबाट फक्रिएको फुल जस्तै छोरी थिइन्….। भन्छन् बच्चाको पहिलो पाठशाला परिवार हुन्छ, जब परिवारमा एउटा महिलाले परिवारमा बच्चालाइ जस्तो शिक्षा दिन्छिन् बच्चा पछि गएर त्यही कुरा जिवनमा लागु गर्छ..। त्यसैले मलाई अचम्म लाग्यो उनले छोरीलाइ किन रक्सीको रित्तो बोतल र चुरोटका ठुटाहरुको शिक्षा दिराखेकी छिन्.??छोरीले पनि आमाले पढाए जसो गरी उनै आमालाई हेरिराखेकी थिइन्..। मलाइ अल्ली धेरै जान्न मन लाग्यो उनीबारे र सोध्ने आँट गरेँ । दिदी तपाईं को नाम के हो ? उनि मुसुक्क मुसकुराउदै सुन्तली भनिन् । मैले फेरि सोधे, किन यसरी नसामा बग्नु भएको ? उनले आफ्नो विरतान्त बताउन थालिन् ……………..
वि.स. २०६० सालतिर काठमाडौंमा भागेर आएँ पढाइलेखाइ नभएकोले ज्यामी काम गर्न थालेँ । त्यही ठाउँमा काम गर्ने एउटा ज्यामी सगँ भेट भयो हाम्रो हिमचिम अल्लि बढी भयो अन्तत हामी विहे गर्यौं । शुरुशुरुमा उसको बानी राम्रै लाग्यो तर पछि उ यसरी फेरियो कि मौसम जसरी दिनदिनै कामवाट फर्केर भट्टी धाउन थाल्यो । दिनभर कमाएको रातभरमा सक्न लाग्यो त्यसैगरी दिन अनि महिना गर्दै वर्ष वित्यो तर उसको बानी सप्रेन अनि मलाई कौतुहलता जाग्यो आखिर त्यो के चिज रहेछ ? जसले मानिस मौसमी वायु जस्तै वहिरहेको छ त्यो पनि आफ्नै रफतारमा । कोही यस्तै लतमा लागेर करोडपति पनि रोडपति भएका छन् ।
कसैको सयौं थुङ्गा थुङ्गा मिलेर एउटा माला बनेको परिवार पनि विचलित बनेर फेरि माला बाट थुङ्गा मै परिणत भएको छ…। त्यसैले मलाइ त्यो अनौठो चिज को नौलो अनुभव लिन आतुर भयो । एकदिन मनमा रहेको कौतुहलता मेटाउन दिनभर काम गरेर साझपख भट्टी छिरँे । शुरुमा २,४ चुस्की पिउदा पत्तै पाइन जब २।४ गिलास सक्यो तब दशैमा खेलेको चचहुइ पिङ जस्तै भान भयो । दिनभर काम गरेर लखतरान परेको जिउ पनि आकाशमा उडेको चङ्गा जस्तै फुरुङ्ग भयो..वर्षौ वर्ष देखिका दुख पिर मनमा खेलिरहन्थे ति पनि छिनभरमै हराए जस्तो भयो । त्यसैले मलाइ यो तल छोड्न मन लागेन यो मेरो सबैभन्दा नजिक को मेरो भावना बुझ्ने साहारा बन्यो जस्ले दुख पिडा छिनभरमै हराइदिन्छ यसरी मेरो लत बस्यो ।
सुन्तली दिदीले आफनो सारा कहानि बताउदै गर्दा मलाई अनेक कुराहरु मनमा उत्पन्न भए । सानैदेखि गाउँघरकै परिवेशमा हुर्के बडेको हुनाले धेरै कुराको अनुभव बटुल्ने मौकाबाट बन्चित हुन सकिएन । सानै छँदा सगैँकी बालसखाँ थिइन् । उनको घरमा , घरको पिढीमा बसेर हजुरआमा काचपातको विडी बनाएर खानुहुनथ्यो र हजुरबुबा हुक्का तान्नु हुन्थ्यो । उनको त्यो दैनिक काम थियो उनलाइ हजुरआमाले विडी भीत्र अगेनामा सल्काएर लिएर आउ भन्ने आदेश दिनुहुन्थयो र हजुरबुवाले हुक्का भरेर लिएर आउ भन्नुहुन्थ्यो ।उनलाइ त्यो देखेर एकदिन दुवै स्वाद लिन मन लाग्यो र लिइन तर विस्तारै उनमा पछि गएर चुरोट को तल बसेको कुरा बताइन ।
त्यसैगरी कोही आमाहरुले गाइगोठ लगाएत चुलोमा कोदोको रक्सी बनाउनु हुन्थयो र नजिकै बसेको बा र नातीलाइ चाख्न दिदा बा ले चाखिसकेपछि बाकि बचेको सगैँ बसेको नातिलाइ पिलाइदिनु हुन्थयो र पछि गएर उ पनि त्यसैगरि त्यही तलमा नराम्रो सग फसेको कयौ अप्रिय घटना हरु प्रष्टै सगँ देखियो। त्यसैले हाम्रो गाउँ घर समाज जहाँ हजारौं सुन्तली र हर्क दाइहरु छन् जुन अशिक्षा,गरिबी र अज्ञानताका कारण भावि पुस्ता हरुलाइ कलम समाउने हातहरुमा चुरोट र वियर का बोतल थमयाउन बाध्य भैराखेका छन् ।सुन्तली दिदी जस्ता कयौको विषम वाध्यात्मक परिस्थितीको शुरुमा सामाना गर्ने सारथि बनेको नशा अन्तयमा साचिच्कै दशा बनेको छ।
कोही आफु सगसगै आफ्नो सन्तानलाइ नजानिदो पाराले मदिराको बाटोमा तातेताते गर्दै डोराउदै छन ।त्यसैगरी काही कतै अभिभावक को पिछा गर्दै भट्टीसम्म पुगेका बालबच्चा हरुलाइ विधालयको पढाइबाट बन्चित गराएर भट्टीलाइ पाठशाला बनाएर रक्सीका रित्ता बोतल र चुरोट का ठुटाहरुलाइ पाठ्यसामग्री ठानेर मदिरा सेवन बारे शिक्षा दिइराखेका छन् …।यसले वर्तमान समयमा नशाको सुखभोग गरिरहेका उनिहरुलाइ ति मासुम वालवालिकाको भविष्य कस्तो होला भन्ने थोरैपनि ज्ञान नभएकै हो कि? आज रमाइलोमा रमाउदै सन्तान र परिवारको वेवास्ता गर्दै र विधालय धाउने उचित वातावरण नदिने हो भने भोलि तिनै सन्तान लाइ सुधारकेन्द्र तिर धकेल्ने बाहेक अरु उपाए नआउला भन्न सकिदैन।
त्यसैले हरेक आमा बाबुले आफ्नो सन्तानलाई यस्तो खराब तलको द्वारतिर प्रवेश नगराइ जिवन र जगतबारे सिकाउन जरुर छ । त्यो सिक्ने सन्तानको अधिकार हो भने सिकाउने आमाबाबुको कर्तव्य हो । त्यसैले भट्टी धाउन छोडदिनुहोस माथि उल्लेखित सुन्तली दिदी त समाजको एक पात्र मात्र हुन । यस्तै सुन्तली दिदी र हर्क दाइ जस्ता तमाम अभिभावकहरु घरलाइ पनि भट्टी नबनाउनुहोस।हामी सचेत नागरिक को साथसाथै जिम्मेवार अभिभावक बन्नु जरुर छ। कसैलाइ बाध्यात्मक परिस्थितिमा मा सामाना गर्रने साधन र सेवा नबनोस म*ध्यपान धु*म्रपान…। आजको नशा भावि पुस्तामा हावी हुदै भोली गएर दशा नबनोस..।
- अस्मिता थापा
लेखक थापाले बडिगाड अनलाईनमा विभिन्न महिला सवाल र अधिकारका विषयमा विभिन्न लेख लेख्दै आउनुभएको छ ।