मुसिकोटको पहिरोमा बेपत्ता घिमिरे अझै भेटिएनन् : खोजी कार्य जारी !

मुसिकोटको पहिरोमा बेपत्ता घिमिरे अझै भेटिएनन् : खोजी कार्य जारी !

Badigad Online
1 Min Read

गुल्मी । १८ गते राती आएको पहिरोका कारण बेपत्ता भएका मुसिकोट २ का ५५ बर्षिय भागीरथ घिमिरे अझै सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा आएको पहिरोमा उनी बेपत्ता भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिनुभयो । खोजी कार्यका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

इश्मा र मुसिकोटको पहिरोमा परि करिब दूई सय घरपरिवार बिस्थापित भएकाले उनीहरुलाई स्थानीय बिधालयमा ब्यबस्थापन गरिएको र अन्य बिकल्पहरुको बारेमा छलफल भइरहेको शर्माले बताउनुभयो । सोही दिन इश्मा गाउँपालिकाको वडा नं १ हस्तिचौरको मल्दीमा गएको पहिरोमा परी १८ महिने बालक सुरज सारु र ७ बर्षकी अपेक्षा खत्रीको मृत्यु भएको थियो । सो पहिरोमा परी घाइते भएका ५ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत काठमाण्डौ लगिएको हो ।

गत बर्ष साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १३ जनाले ज्यान गुमाएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित